कांग्रेसलाई जनतासँग जोड्ने वडालाई बढी प्राथमिकतामा राखौं : केन्द्रीय सदस्य आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले नेपाली कांग्रेसलाई जनताहरुसँग जोड्ने स्थानीय तहलाई बढी प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारण राख्दै नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी हो र भविष्यमा पनि रहने विश्वास व्यक्त गर्दै यसको लागि वडा र स्थानीयलाई सँगसँगै लानुपर्ने बताए ।
उनले भने, नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी हो र भविष्यमा पनि पहिलो नै हुन्छ भन्ने विश्वास छ । सहजीकरण गर्ने क्रममा हामीले वडा र स्थानीयलाई भूलेको जस्तो लाग्छ । नेपाली कांग्रेसको जनताहरुसँग जोड्ने वडा अध्यक्षहरु हो यसमा हामीले विशेष ध्यान दिएर लानुपर्ने छ त्यसपछि मात्र नेपाली कांग्रेस आउँदो दिनमा अझ बलियो भएर जान्छ भन्ने मेरो विश्वास छ । ’
केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेसले गरेका कामहरु जनतामा सहि ढङ्गमा लान नसक्नु प्रमुख समयको रुपमा देखा परेको बताए ।
उनले भने, नेपाली कांग्रेसको अर्थनीतिले राज्यको राजस्व बढेको छ, तर यो कुरालाई हामीले जनतामा डाटासहित स्थापित गर्न सकेनौ, नयाँ दलहरुले यसको श्रेय र भागेदार लिएका छन् । नेपाली कांग्रेसको योगदान र ज्ञानका बारेमा महत्वपूर्ण तरिकाले ध्यान दिनुपर्ने हुन्छ । ’