सरकारले रेडक्रसलाई राजनीतिक क्रिडास्थल बनाउन खोजेको सांसद श्रेष्ठको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्या भैरव सुन्दर श्रेष्ठले, रेडक्रसलाई दलीय भागबन्डाको अखडा बनाइएको भन्दै आपत्ति जनाए ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठुला ठुला काण्डको छानविन गरेको भन्ने सरकारले रेडक्रसको अधिवेशनमा पत्र पठाएर आफ्नो चरित्र देखाएको टिप्पणी गरे
उनले भने ‘भुटानी शरणर्थी प्रकरणमा मैले गरे भन्नुहुन्छ । ललिता निवास प्रकरणमा मैले गरे भन्नुहुन्छ । म यहाँबाट भन्न चाहान्छु र यो सरकारको प्रधानमन्त्री र गृहमन्त्री रेडक्रसको सन्दर्भमा तपाईहरुको ध्यान पुगेको छ की छैन । तपाईहरुलाई अधिकार कसले दियो संविधान भन्दा बाहिर गएर आसार १० गते रेडक्रस कार्यलयमा पत्र पठाएर अधिवेशन गर्नु भयो ।’
पवित्र संस्थालाई बदनाम गरेर दलीय भागबन्डाको आधारमा चलाउन खोज्नुले सरकारको नियत प्रष्ट भएको उनको तर्क छ ।
‘रेडक्रस जस्तो पवित्र संस्थालाई बदनाम गरेर दलीय भागबन्डाको आधारले रेडक्रसलाई चलाउन खोजिएको छ । त्यसमा व्यापक भ्रष्टचार भएको छ ।’ उनले भने