एसइई कप थ्री बाइ थ्री बास्केटबल : मनासलु च्याम्पियन

काठमाडौं । आयोजक मनासलु वर्ल्ड कलेजले तेस्रो मनासलु एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधवार जितेको छ ।
चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनासलुले युजेएलाई २१–१४ ले पराजित गर्यो ।
मनासलुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे । मनासलुकै तुसार महर्जनले ६ तथा कोसिस भुजेलले ४ अङ्क जोडे ।
सेमिफाइनलमा मनासलुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
उपाधिसँगै मनासलुले १५ हजार नगद पुरस्कार हात पार्यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो ।
विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनासलुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुषारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।
विजेतालाई मनासलुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबिच पुरस्कृत गरे । एक दिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।