एनआरएनए अमेरिका निर्वाचन : १७ सय भन्दा बढी आजीवन सदस्य मतदानबाट वञ्चित !

पेन्सिलभेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनमा १७ सय भन्दा बढी आजीवन सदस्य मतदानबाट वञ्चित हुने भएका छन्।
एनआरएनए अमेरिकाको निर्वाचन जुलाई २२ तारिख बिहान आठ बजे सुरु भई २३ तारिख बिहान आठ बजे (न्यु योर्क समय) सकिने तालिका छ।
यद्पी यो समाचार तयार पर्दा सम्ममा एनआरएनए अमेरिका निर्वाचन आयोगले निर्वाचन प्रक्रियाबारे औपचारिक रूपमा कुनै सूचना जारी गरेको छैन।
एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीका अनुसार निर्वाचन आयोगले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) बाट सदस्यहरूको डाटा प्राप्त गरी सकेको छ।
यसै गरी अस्ट्रेलियाको भेरो कम्पनीबाट फेसभेरिफिकेशनबाट निर्वाचन गराउने गरी दुई पक्षीय सहमति पनि भएको छ।
तर समयमा नै आवश्यक अपडेट नगरेका कारण १७ सय भन्दा आजीवन सदस्य यस पटक मतदाताबाट वञ्चित हुने सम्भावना बढेको छ।
निर्वाचन गतिविधिबारे एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सँगको समाज टाइम्स संवाद