मनाङ एयर अपडेट : हेलिकोप्टरमा सवार पाँच जनाको मृत्यु

काठमाडौं । वेपत्ता मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ ।
मंगलबार बिहान १० बजेपछि टावरसंग सम्पर्कविहीन भएको उक्त एयर लिखुपिके गाउँपालिका पाँचमा पर्ने लाम्जुरा भन्ने क्षेत्रमा दुर्घटनाग्रस्त हुदाँ होलिकोप्टरमा सवार सबै पाँचै जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।
उनले भने, ‘दुर्घटनास्थलमा रहेका प्रहरीले पाँच जनाको शव फेला पारिसकेको जानकारी दिनुभएको छ । एयर रुखमा ठोक्किएर दुर्घटना भएको हो । थप खोजी र उद्दार कार्य जारी छ ।’
हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट मेक्सिकन नागरिक लिएर काठमाडौंका लागि उडेको ९ एन एमभी कलसाइन रहेको उक्त हेलिकोप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु सवार थिए ।