टेप प्रकरणबारे सांसद आरजु राणाले भनिन : नखाएको विष लाग्दैन

काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेतृ एवं सांसद आरजु राणा देउवाले आफूमाथि ठुलो षडयन्त्र भएको बताएकी छिन् ।
सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीको घेराउमा परेकी राणाले नखाएको विष आफूलाई नलाग्ने पनि प्रस्ट पारिन ।
उनले भनिन ‘ मैले प्रहरीमा निवेदन दिएको थिए, जवाफ दुई वटा आयो, भ्वाइस उसकै हो, उसले बोलेको कुरा कोर्टमा सुरक्षित छ, मलाई प्लान्ड वेमा भन्न लगाइएको हो भनेको छ । ’
सांसद राणाले वैशाख ४ गते प्रहरीमा भएको रेकर्ड कसरी १६ गते बाहिर आयो भन्ने प्रश्न आफूलाई ताजुब लागेको बताए ।