मुगुमा हेलिकप्टरबाट २ सुत्केरी महिलाको उद्धार

मुगु । हिमाली जिल्ला मुगुमा सोमवार एकै पटक हेलिकप्टर मार्फत दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ ।
छायानाथ रारा नगरपालिका वडा नं २ कि कल्पना बूढा र वडा नं १० कि अमृता बूढाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको र एक जना सुत्केरी महिलाको शिशु तेर्सो परेको र अर्की सुत्केरी महिलाको जन्मेको शिशुको टाउको ठुलो तथा तौल ४ केजी भन्दा बढी भएको चिकित्सकले बताएका छन् ।
सुत्केरी गराउन समस्या भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनीहरूलाई प्रदेश अस्पताल सुर्खेतमा निफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा कमल ढुङ्गानाले जानकारी दिए ।
यस्तै स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनीहरूलाई उद्धार गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए ।