साप्ताहिक राशिफलः- (२०८० असार २४ गते देखि असार ३० गते सम्म)
मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता निकै शुभ रहनेछ । यो साता तपाईको जागीर तथा व्यवसायमा राम्रो प्रगति हुनेछ । तर आम्दानी र खर्चको अनुपात उस्तै रहने छ । यो हप्ता भोग विलासीका बस्तुहरुमा ठूलो रकम खर्च हुनेछ । यो साता तपाईको मान सम्मान बढ्नेछ । सहकर्मीहरुले कार्यस्थलमा तपाईंलाई साथ दिनेछन् । सोचेको काम समयमै सम्पन्न हुँदा तपाईंमा बेग्लै उत्साह र ऊर्जा जाग्नेछ ।
वृष राशिः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवनसँग सम्बन्धित कुनै पनि प्रमुख समस्याबाट पार पाईने छ । लामो समयदेखि भएको बिरामीे वा रोगबाट यो साता स्वास्थ्यमा लाभ देखिनेछ । भाग्योदय हुने योग यो साता छ । यदि तपाई जागीरका लागी वा विदेशमा व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने, सबै बाटोहरु यो साता खुल्ने छन् ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता अलि व्यस्त भईने छ, जसको कारणे स्वास्थ्यमा केही समस्या हुनसक्छ । यो साता आफ्नो कामसँगै आफ्नो खानपान र दिनचर्यामा पनि पूणर् ध्यान दिनुहोस् । साताको सुरुमा अचानक जग्गा निर्माणसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । व्यवसायमा, आफ्नो प्रतिस्पर्धीबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ, यद्यपि हप्ताको उत्तरार्धमा आफ्नो व्यवसायमा केही सुधारका संकेत देखिनेछन् । बैदेशिक यात्राको योग रहेको छ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता तपाईका लागि परिस्थिति अनुकूल रहनेछ । आफन्त तथा शुभचिन्तकको साथ र सहयोग प्राप्त गर्न नसकेर मन केही दुःखी हुनेछ । लामो यात्राहुन सक्छ यात्राको क्रममा आफ्नो स्वास्थ्य र सामान दुवैको राम्रो ख्याल राख्नुपर्ने देखिन्छ । यात्रामा पेटसम्बन्धी समस्या हुन सक्छ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सोच विचार गरेर मात्र कामहरु गर्नु पने छ, अन्यथा अवस्था बिग्रन पनि सक्छ । यदि तपाई व्यवसायसँग सम्बन्धित हुनुहुन्छ भने कुनै पनि ठूलो सम्झौता गर्नु अघि ख्याल गर्नु पर्ने छ । यो साता आफ्ना मिल्ने साथीहरूसँग रमाईलो मनोरन्जन गर्दा पनि पूणर् सावधानी अपनाउनु पर्छ, अन्यथा वर्षौदेखि बनेको सम्बन्धमा असर पर्न सक्छ।
कन्या राशिः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता शुभ र सौभाग्यले भरिएको छ । यो साता तपाईले सोचेका कामहरु समयमा नै सम्पन्न हुनेछन् । साताको सुरुमा जागीर वा व्यवसायको सिलसिलामा लामो वा छोटो दूरीको यात्रा गर्न सकिनेछ । यात्रा सुखद र अपेक्षा गरिएभन्दा बढी लाभदायी साबित हुनेछ । यदि तपाई आफ्नो व्यवसाय वा जागीर परिवर्तनको गर्ने सोँचमा हुनुहुन्छ भने यो हप्ता राम्रो हुनेछ । कही कतैबाट राम्रो प्रस्ताव प्राप्त हुन सक्छ।
तुला राशिः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता शुभ फलदायी रहनेछ । साताको सुरु देखिनैे आफ्नो मन अनुसार काम हुनेछ । तपाईको विरोधीहरू पराजित हुनेछन्। अदालतसँग सम्बन्धित विषयहरू तपाईको पक्षमा आउन सक्छन् वा विरोधीहरू आफैले सम्झौताको लागि तपाईसँग पहल गर्न सक्छन्। यो साता तपाईको शरीर स्वस्थ रहनेछ भने मन प्रशन्न रहनेछ ।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता भाग्यको कम सहयोग मिल्नेछ । साताको सुरुमा परिवारसँग सम्बन्धित कुनै पनि समस्या तपाईका लागि चिन्ताको विषय बन्नेछ । कामको बोझ पनि एकाएक बढ्न सक्छ । अरुले तपाईको काम बिगार्ने प्रयास गर्न सक्छन्।
धनु राशिः (ये, यो, भा, भि, भु धा, फा, ढा, भे)
यो साता अलि अस्तव्यस्त र केही चिन्ताका साथ रहनेछ । यो साता तपाईले आफ्नो बोली र व्यवहारमा नियन्त्रण राख्नु पर्नेछ, अन्यथा तपाईको व्यवहारका कारण कुराहरु बिग्रन सक्छन् । तपाईको काममा अचानक परिवर्तन हुन सक्छ। अतिरिक्त जिम्मेवारीहरू तपाईमाथि आउन सक्छ। आफ्नो काम समयमै सम्पन्न गर्न थप समय दिनु पर्नेछ ।
मकर राशिः (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
यो साता शुभ फलदायी रहनेछ । यस हप्ता चिन्ताबाट छुटकारा पाउन सक्नुहुनेछ। यो साताभर साथीभाइ तथा शुभचिन्तकहरुको पूणर् साथ र सहयोग प्राप्त हुनेछ । साताको सुरुमा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुले धेरै लाभ प्राप्त गर्नेछन् । बजारमा फसेको पैसा एकाएक बाहिर आउनेछ । आम्दानीका स्रोतहरु निरन्तर बढ्नेछन् ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता सौभाग्य लिएर आएको छ, तर कुनै पनि ठूलो निणर्य लिँदा आफ्नो मन र मस्तिष्कको पनि प्रयोग गर्नुपर्छ, अन्यथा लाभको साटो नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । साताको प्रारम्भमा पैतृक सम्पत्ति प्राप्तिमा कुनै ठूलो बाधा अड्चन हट्नेछ । साथै कुनै पनि महत्वपूणर् निणर्य लिँदा शुभचिन्तकहरुको सल्लाह लिनु पर्दछ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता सामान्य रहनेछ । यो साता जागीर व्यवसायमा खासै प्रगति वा धन लाभ नदेखिए पनि हानि भने हुने छैन । सबै कुरा सामान्य गतिमा चलिरहेको देख्नुहुनेछ। सोचेको काम समयमा नै सम्पन्न हुनेछ । घरपरिवारसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न दाजुभाइ तथा दिदीबहिनीको पूणर् सहयोग मिल्नेछ ।















