समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ ।
बैठक मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने उक्त बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो।