नेपाली काँग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बिहान ११ बजेदेखि बस्दै छ ।
हिजो बिहीबारदेखि जारी जिल्ला सभापतिहरूको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरू सहभागी रहेका छन् । हिजोको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।
जिल्ला सभापतिहरूको धारणा सुनेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।














