एनआरएनए अमेरिका निर्वाचन : सुमन थापाले उमेदवार फिर्ता लिने, डा. बञ्जाडेलाई समर्थन

पेन्सिलभेनिया,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी सुमन थापाले उमेदवारी फिर्ता लिने भएका छन्।
गृहराज्य टेक्सासमा बुधवार राति आयोजित पत्रकार सम्मेलनमा थापाले चुनावी मैदानबाट आफु पछि हट्ने घोषणा गरेका हुन्।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष समेत रहेका थापाले अध्यक्ष पदका अर्का प्रत्यासी अर्जुन बञ्जाडेलाई समर्थन गर्ने घोषणा गरे।
‘संस्था सुधारका लागि लडिरहेका हामी, गर्न सकिने कुरा पनि धेरै थिए तर एउटा खाचो छ दृढ इच्छा शक्तिको हिजो टेक्सासबाट दुई उमेदवार हुँदा जुन क्षति भयो त्यो नहोस भन्नका लागि टेक्सासबाटै दुई उमेदवार नहोस भनोस भनेर यो निर्णय लिएका हौ।’ पत्रकार सम्मेलनमा थापाले भने,’अर्जुन दाईले मलाई छोड्नु भयो, त्यो बेला हाम्रो सहमति पनि थियो म सर्वसम्वत भएन भने उहाँलाई छोड्ने।’
पत्रकार सम्मेलनमा बोल्दै डा बञ्जाडेले आफुहरुको उदेश्य एउटै भएको हुदाँ सहकार्य गर्न लागेको बातए। ‘हाम्रो उदेश्य एउटै हो, एउटै नारा छ त्यसको लागि कसरी एउटै मत हुने साथी सँगै जान सकिन्छ, हातेमालो गर्न सकिन्छ भन्ने हो।’ बञ्जाडेले भने, ‘युवा साथीहरुका लागि म जहिले पनि प्रोत्साहन गर्छु।’
पत्रकार सम्मेलनमा थापाले शनिवार सम्मा आफ्नो टिम पुनसंरचना गरिने बताए।’मेरा पनि केही साथी छन्, हामी शनिवार सम्म टिम मिलाउछौ।’ उनले भने।
पत्रकार सम्मेलनमा एनआरएनए अमेरिका निर्वतमान अध्यक्ष तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष सुनिल साह, एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा आगामी कार्यकालका बरिष्ठ उपाध्यक्षका उमेदवार विकास उप्रेति समेतको उपस्थिति रहेको थियो।
