दक्षिण अफ्रिकामा ग्यास लिक हुँदा १६ को ज्यान गयो
काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गको बोक्सबर्ग टाउनसिपमा भएको शंकास्पद ग्यास चुहावटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । एकुरहुलेनी नगरपालिकाका प्रकोप तथा आपतकालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम नटाल्डीले एन्जेलो स्क्वाटर क्याम्पको आँगनमा रहेको ग्यास सिलिन्डरबाट चुहावट भएको बताए । उद्धार कार्य जारी रहेको विलियम नाटाल्डीले बताए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटना शंकास्पद अवैध खानी गतिविधिसँग जोडिएको हुन सक्छ। तर, मृतकमध्ये अवैध खानीमा काम गर्नेहरू पनि छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन।
एकुरहुलेनी ईएमएसका प्रवक्ता विलियम नटाल्डीले सिलिन्डरबाट ग्यास लिक भएको रिपोर्ट आएको बताए। घटनास्थलमा अन्य घाइतेहरुको खोजी भइरहेको छ । कहिलेबाट ग्यास लिक भएको हो भन्ने खुल्न नसकेको अटल्डीले बताए ।
करिब आठ बजे नताल्डी घटनास्थल पुग्दासम्म मृत्यु भइसकेको थियो । शव भेटिएको ठाउँमा डरलाग्दो दृश्य थियो। मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । यहाँ ग्यास सिलिन्डर प्रयोग गरेर सुन सफा गरिन्छ। त्यहाँ ग्यास सिलिन्डर चुहावटका कारण निसास्सिएर सयौंको मृत्यु भएको छ । मानिसहरु घटनास्थलबाट भाग्न खोजे तर धुवाँ निकै थियो ।














