प्रेम गाहामगरले दायर गरेको रिट खारेज

काठमाडौं । गैर आवासीय नेपाली सङ्घले एनआरएनए युकेमा सुनिल बाबु खड्काको नेतृत्वले वैधानिकता पाएको छ । तत्कालीन अध्यक्ष अध्यक्ष प्रेम गाहामगरलाई गत भदौमा बर्खास्त गरेपछि खड्कालाई नेतृत्व दिइएको थियो ।
त्यस विरुद्ध गाहामगर अदालतमा पुगेका थिए । उनले एनआरएनएको आईसीसीलाई विपक्षी बनाएर दायर गरेको रिट आज सर्वोच्च अदालतले खारेज गरेको छ । उनको रिट उच्च अदालत पाटनले खारेजसँगै खड्का नेतृत्वले कार्यसमितिले वैधानिकता पाएको छ । एनआरएनए युकेमा जुलाई २२ तारिखमा निर्वाचन हुँदै छ ।
आइसिसीको निर्वाचन हुँदा गाहामगर शेष घलेले नेतृत्व गरेको समूहमा रहेका थिए । त्यही कारण पनि गाहामगर आइसिसी प्रति असन्तुष्ट थिए । विधान विपरीत विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको भन्दै गैर आवासीय नेपाली सङ्घ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसारको पत्र अनुसार पदमुक्त गरिएको थियो ।
* उच्च अदालत पाटन हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक