दोहोरो नागरिकता बनाएको कसूरमा दुई जना पक्राउ
कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरबाट पक्राउ परेका उनीहरु बैतडीको पञ्चेश्वर गाउँपालिका ५ का ३९ वर्षिया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











