सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको एमाले अध्यक्ष ओलीको अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताए ।
उनले भने ‘ राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो ।उहाँबाट साह्रै भएन। ‘
ओलीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रहेको बताए ।
यस अगाडी प्रधानमन्त्री दाहालको जवाफ माग गर्दै एमोले गर्यो संसद अवरुद्द गरेको थियो। एमाले संसदीय दलको निर्णय अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति प्रति राष्ट्रिय सभा बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्द गरेको हो ।
राष्ट्रिय सभा बैठक अघि नै बसेको नेकपा एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीे पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिलाई सदनमा लैजाने निर्णय गरेको थियो ।
बुधवार बसेको एमाले संसदीय दलको बैठकले आजको राष्ट्रिय र प्रतिनिधि सभा बैठकमा दाहालले प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाएको थियो । प्रधानमन्त्री दाहालको उक्त भनाईलाई एमालेले गम्भीरतापूर्वक लिएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, प्रधानमन्त्रीको निजी विषय होईन् । हामीलाई लागेको थियो हामीले प्रधानमन्त्री बनाएका छौं भनेर तर,हामीले बनाएका होइन,काँही कतैबाट बनको जस्तो व्यवहार गरेर उहाँले अभिव्यक्ति दिनुभयो । यो विषय सामान्य विषय होइन् । असामान्य विषय भएकाले संसदमा त्यही ढंगले यो विषयमा भूमिका निर्वाह गर्ने छौं ।
उनले प्रधानमन्त्रीले संसद र जनादेशको अपमान गरि देशको सार्वभौमसत्ता र स्वाभिमान माथि आक्रमणको गरेको पनि बताए ।
उक्त विषयलाई लिएर आज एमालेले संसद अवरुद्ध गरेको हो ।