एनआरएनए युकेको निर्वाचन कार्य तालिका परिमार्जन
लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो ।
निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता गरेर प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।
निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ताका लागि समय यसअघि जुलाई ४ तारिखमा रहेकोमा परिमार्जन गरिएको तालिका अनुसार जुलाई ५ तारिख ९बुधवार० को दिनलाई उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।
जुलाई ५ तारिखमा दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको एनआरएन युकेका निर्वाचन समितिका संयोजक चिरञ्जीवी ढकालले जानकारी दिए । उनले उम्मेदवारी फिर्तापछि जुलाई ५ तारिखको ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ । एनआरएनए युकेमा ४ हजार १ सय ८३ जना साधारण सदस्य रहेका छन् ।
अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दिनेश घिमिरे, लालबहादुर गुरुङ, नारायण दत्त कँडेल, हितकाजी गुरुङ रहेका छन् ।













