नेपाली क्रिकेट टिमले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपाली क्रिकेट टिमले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।
सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन् । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।
नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो । नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।