एनआरएनए अमेरिका निर्वचान आयोगले उमेदवार मनोनयन शुल्क साँढे दुई लाख डलर उठायो
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाल संघ (एनआरएनए) अमेरिकाको आगामी निर्वाचनका उमेदवार मनोनयनबाट मात्र साँढे दुई लाख अमेरिकी डलर संकलन भएको छ।
निर्वाचन आयोगले सोमवार बिहान जारी गरेको विज्ञप्तिमा उमेदवारहरुबाट दुई लाख ४२ हजार नौ सय अमेरिकी डलर संकलन भएको उल्लेख छ।
एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि जुलाई २२ र २३ मा मतदान हुदै छ। निर्वाचन आयोगले जुन २७ देखि २९ सम्म मनोनयन खुलाएको थियो।
आइसीसी सदस्य, एनसीसी पदाधिकारी, क्षेत्रिय संयोजक र च्याप्टर गरि तीन सय ६० भन्दा धेरैले मनोनयन दाखिला गरेका थिए।
उम्मेदवारहरूबाट उठाइएको उम्मेदवारी रकम/शुल्कहरू प्रत्यक्ष रूपमा एनआरएनए अमेरिकाको बैंक खातामा जम्मा भएको निर्वाचन आयोगले जनाएको छ।
च्याप्टरमा उमेदवारहरुका लागि फिर्ता गर्नु पर्ने रकम अब एनसीसीको जिम्मा भएको पनि आयोगले जनाएको छ।
र यो पनि…
निर्वाचन आयोगले व्यापक दवाव पछि मनोनयन शुल्क घटायो, आवेदन दिने समय एक दिन थप
एनआरएनए अमेरिका निर्वाचन: अध्यक्षमा तीन सहित तीन सय ६० भन्दा धेरै चुनावी मैदानमा
एनआरएनए अमेरिका निर्वाचन : च्याप्टरमा एक सय २९ पदले उमेदवार पाएन













