आर्थिक परिर्वतनको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा : एसमाजवादी अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपाली जनजीवनमा आमूल परिवर्तन ल्याउने गरी काम गर्ने जम्मेवारी पूरा गर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा रहेको जिकिर गरेका छन् ।
आईतबार कम्युनिष्ट पार्टी स्थापनाका संस्थापक सदस्य नारायणविलास जोशीको ३४औं स्मृति दिवसमा आयोजित कार्यक्रममा नेता नेपालले गरिबीको अन्त्य देखि नेपाली जनतालाई शिर उठाउन सक्ने गरि परिवर्तनकारी काम गर्ने जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा रहेको बताए ।
उनले भने, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्यौ । तर, अर्को महत्वपूर्ण काम बाँकी छ। त्यो भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनजीवनलाई सुखी,संमृद्ध बनाउने, समानता, अवसर र शीर ठाडो पारेर उभिन सक्ने गरी सबै हिसावले समर्थक तुल्याउने यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ ।’
उनले नेपालमा तत्कालिन समयमा कम्युनिष्ट पार्टी स्थापनाका लागि पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी लगायतले संघर्ष नगरेको भए नेपालमा कम्युनिष्ट आन्दोलनले यो उचाँई नलिने नेता नेपालले उल्लेख गरे ।
त्यस्तै,उनले समाजवादको यात्रामा गम्भीर चिन्तन मनन गरेर देश विकासका लागि आफूहरु लागिरहेको समेत जिकीर गरे ।











