एनआरएनए अमेरिका निर्वाचन : च्याप्टरमा एक सय २९ पदले उमेदवार पाएन
पेन्सिलभेनिया,अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत च्याप्टरहरुका एक सय २९ पदले उमेदवार नै पाएनन्।
निर्वाचन आयोगको सूचनामा च्याप्टरमा दुई सय ७६ पदमा मात्र मनोनयन दाखिला भएको उल्लेख छ। एनसीसी अमेरिकामा यस पटक २७ च्याप्टरले हैसियत कायम गरेका छन्।
एनसीसी अमेरिकाको विधानमा नयाँ च्याप्टरका लागि एक सय जना सदस्य हुनु पर्छ। पुरानो च्याप्टरका लागि ५० जना सदस्य हुनु पर्छ। पुरानो मध्येमा आइवा र टेनीसीले च्याप्टरको हैसियत गुमाएको छ। जवकी टेनीसी एनआरएनए अमेरिका दर्ता भएको राज्य हो। यस्तै यूटा नयाँ च्याप्टरमा थपिएको हो।
एक च्याप्टरमा १५ पद रहेको छ। २७ च्याप्टरमा चार सय पाँच पदका लागि आवेदन पर्नुपर्ने थियो।
चार च्याप्टरमा एक जना मात्र उमेदवार
अर्कान्सास च्याप्टरमा जम्मा एक पदमा एक जनाको मात्र उमेदवारी परेको छ। त्यो पनि बोर्ड सदस्यका लागि । यसै गरि वासिङ्गटनमा पनि च्याप्टर अध्यक्षको मात्र उमेदवारी मनोनयन भएको छ। निर्वाचन आयोगले उमेदवारी संख्या मात्र सूचनामा खुलाएको छ।
प्रमख निर्वाचन आयुक्त बासु फुरालाले समाज टाइम्स सँगको कुराकानिमा निर्वाचन निर्देशिकाका कारण आफुहरुले मनोनयन दाखिला गरेका उमेदवारको नाम सार्वजनिक गर्न नसकिएको बताए।
एक जना उमेदवारले मात्र मनोनयन दाखिला गर्ने च्याप्टरमा फ्लोरिडा पनि रहेको छ। फ्लोरिडामा च्याप्टर अध्यक्षमा एकजनाको मात्र उमेदवारी परेको छ। न्यू मेक्सिकोमा पनि अध्यक्ष पदमा एक जनाको मात्र उमेदवारी परेको छ।
दुई च्याप्टरले अध्यक्ष नै भेटाएन
निर्वाचन आयोगको सूचना अनुसार दुई च्याप्टरले अध्यक्षको उमेदवार नै पाएन। यस्ता च्याप्टरमा अर्कान्सस र कनेक्टिकट रहेका छन्। अर्कान्ससमा बोर्ड सदस्य मात्र उमेदवारी पर्दा न्यूयोर्कको नजिकै रहेको कनेक्टिकटमा सचिव र कोषाध्यक्षमा एक एक जनाको मात्र उमेदवारी दाखिला भएको छ।
१७ च्याप्टरको अध्यक्षमा एक जनाको मात्र उमेदवारी
निर्वाचान आयोगको सूचना अनुसार १७ च्याप्टरमा अध्यक्ष एक जनाको मात्र उमेदवारी परेको छ। आयोगले औपरिक रुपमा नाम सार्वजनिक नगरे पनि च्याप्टर अध्यक्षमा निर्विरोध हुनेमा इलिनोइसमा बलराम पोखरेल, कोलोराडोमा विष्णु (प्रकाश) पौडेल छन्।
यस्तै जर्जियामा कपिल शरण वाग्ले, फ्लोरिडामा सुरेन्द्र लौडारी, ओरेगनमा जाङ्बु शेर्पा,यूटामा सूर्य बस्ताकोटी निर्विरोध भएका छन्।
ओहायोमा होता राम विश्वकर्मा, न्यूजर्सीमा भक्त गुरुङ, न्यू ह्याम्पशायरमा कमल ढुंगाना, न्यू मेक्सिकोमा डा राजेन्द्र दाहाल, नेभाडामा दुर्गा प्याकुरेल, म्यासाचुसेट्स प्रचण्ड श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका छन्।
यस्तै पेन्सिलभेनियामा जयन्द्र लामा र कान्सास च्याप्टरमा उत्तम बस्नेत निर्वरोध भएका छन्। मिचिगनमा सन्तोस विष्टको मात्र उमेदवारी परेको छ। वासिङ्टनमा र इन्डियना शिव खत्री च्याप्टरमा पनि अध्यक्षमा एक जनाको मात्र उमेदवारी परेको छ।
अध्यक्ष निर्विरोध भए पनि अन्य पदमा एक भन्दा धेरैको उमेदवारी
अधिकांश च्याप्टरले उमेदवारको खडेरी बेहोरिहेको भए पनि केही च्याप्टरमा अध्यक्ष बाहेकमा एकै पदमा एक भन्दा बढी उमेदवारको मनोनयन परेको छ।
कोलोराडोमा अध्यक्ष निर्विरोध भएका छन्। महिला उपाध्यक्ष र युथ कोअडिनेटरमा दुई दुई तथा सात बोर्ड सदस्यमा आठ जनाको उमेदवारी परेको छ।
न्यूह्यामसारले पनि पुरा उमेदवार फेला पारेको छैन। १३ जनाको उमेदवारी परेको छ। तर उपाध्यक्षमा दुई जनाले मनोनयन गरेको निर्वाचन आयोगको सूचनामा उल्लेख छ। अन्य पदमा भने एक एक जनाको उमेदवारी परेको छ। बोर्ड सदस्यमा दुई पद खाली हुने भएको छ।
नर्थक्यारोलिनामा नौ जना मात्र चुनावी मैदानमा आएका छन्। तर अध्यक्षमा दुई जनाको मनोनयन परेको छ।
आंशिक उमेदवारी परेका राज्यहरु
जर्जियामा नौ जनाको उमेदवारी परेको छ। इलोनोइमा अध्यक्ष,सचिव र एक सदस्यमा मात्र उमेदवारी परेको छ। इन्डियनामा अध्यक्ष र उपाध्यक्षमा मात्र उमेदवारी परेको छ। केन्सासमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मात्र एक एक जनाले उमेदवारी दिएका छन् ।
म्यासाच्युशसमा १४ जनाको उमेदवारी परेको छ। बोर्ड सदस्यमा एक पद खाली हुने भएको छ।
मिचिगनमा जम्मा चार जनाले उमेदवारी दर्ता गराएका छन्। अध्यक्ष, उपाध्क्ष, महिला कोअडिनेशर र एक सदस्यले मात्र मनोनयन गरेका हुन्।
नेभडामा ६ जना मात्र उमेदवार मैदनामा छन्। अध्यक्ष,उपाध्यक्ष, सचिव,महिला उपाध्यक्ष, युथ कोअडिनेटर र एक सदस्यले मात्र मनोनयन दाखिल गरेका हुन्।
न्यूजर्सीमा जम्मा चार जना उमेदवार एनआरएनएले भेटाएको छ। अध्यक्ष,उपाध्यक्ष, सचिव र एक वोर्ड सदस्यले उमेदवारी दाखिला गरेका छन्।
ओहायोमा १४ जनाको मनोनयन परेको छ। ओरिगनमा पनि नौ जनाको मात्र मनोनयन परेको छ। पेन्सिलभेनियामा ११ पदमा उमेदवारी मनोनयन दाखिल भएको छ।
यूटामा ११ पदमा उमेदवारी परेको छ। अध्यक्ष,उपाध्यक्ष,सचिव, युथ कोअडिनेटरमा एक एक जना बोर्ड सदस्यमा सात उमेदवार रहेका छन्।
भर्जिनियामा जम्मा नौ जनाको उमेदवारी परेको छ। तर अध्यक्ष र उपाध्यक्षमा दुई दुई जना उमेदवार छन्।
विकन्सासमा ६ पदमा मनोनयन परेको छ। जसमा अध्यक्षमा दुई उमेदवार रहेका छन्।
कतै निल कतै तछातमाछाड
एनआरएनए अमेरिकाले धेरै च्याप्टरमा उमेदवार नै नपाए पछि नेपालीहरुको धेरै बसोबास रहने राज्यहरुमा भने विषेश गरि अध्यक्ष सहित केही पदमा एक भन्दा बढी आकांक्षीहरु देखिएका छन्।
क्यालिफोर्नियामा १५ पदका लागि ३० जनाको उमेदवारी परेको छ। च्याप्टर समापतिका लागि तीन जना मैदानमा उत्रिएका छन्।
केन्टकीमा १५ पदका लागि २५ जनाको मनोनयन दाखिला भएको छ। महिला उपाध्यक्ष बाहेक अन्य सबै पदमा एक जना भन्दा बढीको उमेदवारी परेको हो।
मेरील्याण्डमा २२ जनाले उमेदवारी दर्ता गराएका छन्। च्याप्टर अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा दुई दुई जनाको मनोनयन परेको छ। बोर्ड सदस्यमा सात पदका लागि दश जनाको उमेदवारी परेको छ।
न्यूयोर्कमा सर्वाधिक २९ जना चुनावी मैदानमा छन्। च्याप्टर अध्यक्षमा पाँच जनाले मनोनयन दिएका छन्। उपाध्यक्षमा एक जनाको मात्र उमेदवारी परेको छ। सचिवमा तीन जना छन्। महिला उपाध्यक्ष र युथ कोअडिनेटरमा दुई दुई जनाको उमेदवारी परेको छ। बोर्ड सदस्यमा सात पदका लागि १२ जनाको मनोनयन परेको छ।
टेक्सासमा १९ जनाको उमेदवारी परेको छ। अध्यक्षका लागि पाँच जनाले मनोनयन गरेका छन्। अन्यपदमा एक एक जनाको मनोनयन परेको भए बोर्ड सदस्यमा आठ जना छन्।
अध्यक्ष पदमा एक भन्दा बढी उमेदवार परेका च्याप्टरहरु
एनआरएनए अमेरिकाको मुख्यालय रहेको भर्जिनियामा च्याप्टरमा अध्यक्षका लागि दुई जनाले उमेदवारी दिएका छन्।
भर्जिनियामा अध्यक्षका लागि विसाल कार्की र विजय बगाले मैदानमा छन्। विस्कन्सिनमा राज कुमार हमाल र शिव गुरुङले अध्यक्षमा उमेदवारी दिएका छन्। विस्कन्सिन एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीको गृह च्याप्टर हो।
मेरील्याण्डमा प्रेम सुवेदी र कुल गुरुङ चुनावी मैदानमा छन्। केन्टकीमा सुन्दरमणि पौडेल र अर्जुन किशोर न्यौपानेको उमेदवारी परेको छ।
नर्थ क्यारोलिनामा विशाल भारती र सुदन थापाले उमेदवारी दर्ता गराएका छन्। क्यालिफोर्निया हरि ओझा, रमेश योञ्जन र केपी ढकालले अध्यक्ष पदका उमेदवारी दिएका छन्।
ठूला च्याप्टर टेक्सास र न्यूयोर्कमा पाँच पाँच जनाले अध्यक्षमा उमेदवारी दिएका छन्।
न्यूयोर्कमा शोभाकान्त पाण्डे, शिव बाँनिया, दण्डपाणि लामिछाने, हेमन्त मल्ल लगायतले उमेदवारी दिएका छन्।
यस्तै टेक्सासमा दिपेन्द्र गुरागाई, प्रदिप चौलागाई, रामकृष्ण यादव, रामबाबु गुप्ता र प्रयास बास्तोलाले उमेदवारी दिएका छन्।
र यो पनि…
एनआरएनए अमेरिका निर्वाचन: अध्यक्षमा तीन सहित तीन सय ६० भन्दा धेरै चुनावी मैदानमा













