आदिवासी जानजातिको सहभागिता सन्तोषजनक छैन् : सभापति देउवा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिभिन्न क्षेत्रमा आदिवासी जानजातिको सहभागिता सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुई दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आदिवासीको भाषा संस्कृतिको संरक्षणले राज्यलाई नै फाईदा हुने भन्दै सहभागिता भने सन्तोषजनक नभएको टिप्पणी गरे ।
उनले भने,आदिवासीको भाषा संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाईदा हुने हो । पर्यटनको मुख्य आधार पनि यहि बन्न सक्छ ।हामीले चाहेर पनि बिभिन्न कारणले आदिवासी जानजातिको सहभागिता बिभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन् ।यसका् लागि सबैले लाग्नुपर्छ ।’
सभापति देउवाले न्याय स्वतन्त्रता र समानताका लागि नेपालमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको आत्मासाथ गर्र्दै नेपाली कांग्रेसले समावेशी मुद्दामा जोडदार रुपमा उठाएको दावी गरे ।