राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस मनाईदै, आज दहि च्युरा खाने दिन
काठमाडौ । “जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारा सहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाईदैछ । “मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउदै छन् ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता किसान छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल देखि हरेक बर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
असार १५ गते हरेक नेपाली समाजका लागि एउटा राष्ट्रिय सांस्कृतिक पर्व बन्न पुगेको छ ।
यसै विच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान दिवस तथा रोपाई महोत्सवको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नागरिकलाई पोषण तथा खाद्य सुरक्षा दिनु राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
“देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल््यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिआएको” पनि प्रधानमन्त्रीले जारी गरेको सन्देशमा बताईएको छ ।