त्रिभुवन विमानस्थलमा जाँदै हुनुहुन्छ ? पढ्नुहोस् याे नियम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि यस्तो सूचना नै जारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो ।
अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भीड लाग्ने गरेको छ ।
हेर्नुहोस् यो सूचना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि यस्तो सूचना नै जारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो ।
अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भीड लाग्ने गरेको छ ।हेर्नुहोस् यो सूचना