पेन्सिलभेनियामा डिलु टिमको एउटै स्वर: ‘चुनाव हारे पनि समानन्तर संस्था बनाउदैनौ, जित्नेलाई सहयोग गर्छौ’
योर्क,पेन्सिलभेनिया/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदका उमेदवार डिलु पराजुली र उनको टिमले आफुहरु उपविजेता भए पनि समानन्तर संस्था नचालउने प्रतिक्षा गरेका छन्।
पेन्सिलभेनियाको योर्कमा सोमवार आयोजित चुनावी सभामा बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा आगामी अध्यक्षका प्रत्यासी पराजुलीले आफुलाई विजयी गराउन आग्रह गरे। उनले हिजोको दिनमा आफुले प्राप्त जिम्मेवारी पुरा गरेको दावी समेत गरे।
एनआरएनए पेन्सिलभेनिया च्याप्टरका सचिव रमेश लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा भावी अध्यक्ष प्रत्यासी पराजुलीले चुनाव हारे पनि आफुहरुले संस्थालाई सहयोग गर्ने बताए।
‘मेरो उदेश्य मन पर्छ भने मलाई विजयी गराईदिनु होला।’ पराजुलीले भने, ‘मैले हिजोका दिनमा लिएका जिम्मेवारीलाई पनि तपाईहरुले ख्याल गरिदिनुस म बोल्दिन बोले पछि पुरा गर्छु।’ उनले भने।
पराजुलीले संस्थालाई नै विक्षिप्त पार्ने काम भएको तर आफुले त्यस्तो नगर्ने बताए। ‘हिजो चुनावमा उठेर चुनावमा उप विजेता भइसके पछि, स्वीकार पनि गरिसकेपछि, अन्तमा पब्लिकले म्याण्डेट दिएको कार्यसमितिलाई नमानेर आधिकारिक हामी हो भनेर एउटा छुट्टै संस्थाको रुपमा प्यारलल कमिटी बनाएर पनि चुनौतिहरु हामी माझ आए,’ उनले भने, ‘गरेका कामलाई छाँयामा पार्ने कोसिस गरियो तर म उपविजेता भए पनि संस्था प्रति मेरो लगाब उत्तिकै हुने छ।’
बरिष्ठ उपाध्यक्षका उमेदवार अञ्जन चौलागाईले आफुले गरेका कामको मूल्याङ्कन गर्न आग्रह गरे। वर्तमान कमिटीका महाचसिव चौलागाईले आफुहरुले झोलामा भएको संस्थालाई अफिसमा पुर्याएको बताए। उनले डिलु पराजुली आफु भन्दा पनि क्षमतावान भएकाले अध्यक्षमा समर्थन गरेको बताए।
उपाध्यक्षका उमेदवार सन्तोस पहारीले एनआरएनएमा राम्रा कामको प्रचार गर्न नसक्दा,गलत कुराले प्रसय पाएको दावी गरे ।
उपाध्यक्षका अर्का उमेदवार राज ढुङ्गानाले एनआरएनएमा दुष्प्रचार चिर्न आफुहरुले चाहेको बताए।
महिला उपाध्यक्षकी उमेदवार सुन्दरी गुरुङ्गले महिला तथा घरेलु हिंसाका क्षेत्रमा आफुले काम गर्ने बताइन। उनले अमेरिकामा रहेको नेपाली समाजमा मानसिक स्वास्थको क्षेत्रमा पनि समस्या बढ्दै गएको दावी गरिन। गुरुङले आफ्नो पारिवारिक पृष्टभूमि पनि राजनीतिक रहेको र मलामी कमाउन सामाजिक काममा लागेको बताइन।
युवा उपाध्यक्षका उमेदवार अनुप खनालले डिलु पराजुलीको टिममा अनुभव र नयाँ जोश भएकाहरुको समिश्रण रहेको दावी गरे। उने पनि चुनाव हारे पनि अर्को संस्था गठन नगर्ने बताए। ‘हारेर पनि प्यारलल कमिटी गठन गर्दैनौ।’ छोटो मन्तव्यका क्रममा खनालले भने।
महासचिवका उमेदवार रामहरि अधिकारी अघिल्लो पटक उपाध्यक्ष पदमा आफ्नै कारण थोरै मतले हारेको बताउदै यस पटक अवसर पाए समुदायलाई जोड्ने गरि काम गर्ने प्रतिज्ञा गरे। उनले च्याप्टर सहकार्यमा अमेरिकी सरकार सँग पनि काम गर्ने बताए।
कोषाध्यक्षका उमेदवार सरोज सिग्देलले एनआरएनए सुधार्नु आफुहरुको पनि जिम्मवारी भएको धारणा राखे।
कार्यक्रममा आइसीसी सदस्यका उमेदवार दुर्गेश जंङ्ग कार्की, एनआरएनए अमेरिका बोर्ड सदस्यका उमेदवार नवराज न्यौपाने र मोहन कुसारीले पनि आफुलाई मत दिन आग्रह गरेका थिए।
स्थानीय सामाजिक अभियन्ता इन्जिनियर यदु बञ्जाडेको संयोजनमा भएको कार्यक्रमको सञ्चालन चलचित्रकर्मी राज बजाजले गरेका थिए।
विश्व बरालको दुखेसो : एनआरएनए अमेरिका बचाउन खोज्दा मुद्दा खेपे
एनआरएनए अमेरिकाका संरक्षक तथा पूर्व प्रमुख निर्वाचन आयुक्त विश्व बरालले आफुले संस्था बचाउन खोज्दा मुद्दा खेप्नु परेको बताए।
डिलु पराजुलीको चुनावी सभामा बोल्दै उनले राम्रो मान्छेलाई भोट दिन आग्रह गरे। ‘म उहाँहरुको प्रचार गर्न आएको होइन, राम्रा मान्छेलाई ल्याउनु होला’ बरालले भने,’उपविजेता हुना साथ कोर्टमा पुग्ने साथीहरु हुनु हुन्छ यहाँ, संस्थालाई अहितमा जाने, व्यक्तिगत दुश्मनीमा जाने र अहिले चुनावमा आउने। यी चिजबाट हामी बञ्चु पर्छ।
बरालले संस्था बचाउन आफुले धेरुे मुद्दा खाएको दुखेसो समेत गरे। ‘एनआरएनलाई बचाउ भन्दा सात वटा मुद्दा खाए तर पनि म कहिल्यै डकमगाइन।’














