विमल मोक्तान पेन्सिलभेनिया नेपाली गुठीको अध्यक्षमा पुन निर्विरोध निर्वाचित (भिडियो)
ल्यानक्यास्टर/ संस्थापक अध्यक्ष विमल मोक्तान पेन्सिलभेनिया नेपाली गुठीको अध्यक्षमा पुन निर्विरोध निर्वाचित भएका छन्।
गुठीको आफ्नै भवन (1000Germantown Plymouth Meeting PA 19462 B-5) मा शनिवार सम्पन्न पहिलो महाधिवेशनले मोक्तानलाई नै पुन जिम्मेवारी सुम्पिएको हो।
महाधिवेशनले मोक्तानको नेतृत्वमा नौ सदस्यीय कमिटीको निर्विरोध चयन गरेको छ। गुठीको उपाध्यक्षमा दिपक सापकोटा र सचिवमा सुभाष बैठा निर्वाचित भए। कोषाध्यक्षमा बलराम श्रेष्ठले जिम्मेवारी पाए।
सदस्यहरुमा रविन पाख्रिन,निकिता महर्जन,सोनी लामा, ओमबाबु सापकोटा र हेमन्त कोइराला रहेका छन्।
प्रमुख निर्वाचन आयुक्त नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकालले नवनिर्वाचित पदाधिकारीलाई विजयी घोषित गर्दै, पद तथा गोपनियताको सपथ खुवाएका थिए।

यस्तै जेष्ठ नागरिक ९३ वर्षीया नोर्गिन डोल्मा मोक्तानले विजयी पदाधिकारीलाई खादा लगाइदिएकी थिइन।
गुठीको नवनिर्वाचित कार्यसमितिले स्थानीय समाजसेवी विनोद मोक्तानलाई पुन प्रमुख संरक्षक मनोनयन गरेको छ।
यस्तै नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, डा, केशव भण्डारी, सुनिल नेपाल, सुमन तिमिल्सिना र वीरध्वज तामाङलाई सल्लाहाकार मनोतित गरेको छ।

अध्यक्षमा पुन निर्विरोध भए पछि मोक्तानले पहिलाको भन्दा अझ राम्रो गर्ने बताए ।
‘विसाउन खोजेको भारी डवल गरेर बोकेको जस्तो भएको छ।’ अध्यक्ष मोक्तानले भने, ‘तर जुन जिम्मवारी दिनु भएको छ पहिलेको भन्दा पनि राम्रो गर्ने बाचा गर्छु। यो सफल पार्न सबैलाई धन्यावाद।’
पेन्सिलभेनियामा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरि सन् २००० अगाडि नै गुठीको परिकल्पना गरिएको भए पनि सन् २०१३ मात्र विधिवत दर्ता गरिएको थियो।
दर्ता त्यस पछि बृहत रुपमा महाधिवेशन गरिएको हो। गुठीले हालै मात्र स्थानीय सरकार सँग चार लाख २० हजार अमेरिकी डलर अनुदान पाएको थियो । अमेरिकामा स्थानीय सरकार सँग एकै पटक यति ठूलो रकम अनुदान पाउने गुठी नेपाली समुदायको पहिलो संस्था हो।
अधिवेशनको प्रमुख अतिथि मेरील्याण्ड राज्यका डेलिगेड डा. ह्यारी भण्डारीले पनि गुठीको कार्यको प्रसंशा गरेका थिए।
नेपाली मुलका पहिलो अमेरिकन विधायक भण्डारीले सरकारी तवरबाट अनुदान लिनु निकै कठिन काम गएको र त्यसका लागि योग्य भएकोमा गुठीका पदाधिकारीलाई बधाई दिएका थिए।
यस्तै गुठीका संरक्षक विमल मोक्तान, संस्थापक मध्येका सुमन तिमिल्सिना, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष सुभाष बैठा, सामाजिक अभियन्ता दिपक सापकोटा, पेन्सिलभेनिया तामाङ सोसाइटीका अध्यक्ष कविलाल घिसिङ लगायतले महाधिवेशनको सफलताको शुभ कामना दिएका थिए।
महाधिवेशनमा गुठीका महासचिव हरिओम श्रेष्ठ र कोषाध्यक्ष जयन्द्र लामाले बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस्तै गुठीकी कार्यकारी निर्देशक रज्जु मल्ल ढकालले संस्थाको गतिविधिका बारेमा अवगत गराएकी थिइन्।














