‘राकेश काफ्ले स्मृति कप’ फुटबल : सहभागि टिमको टुङ्गो लाग्यो, खेल तालिका जुलाई दुईमा
ओहायो,अमेरिका / ‘राकेश काफ्ले स्मृति कप’ फुटबल प्रतियोगितामा सहभागि हुने टिमको टुङ्गो लागेको छ।
सांग्रिला युथ फुटबल क्लब आयोजना रहेको प्रतियोगिता जुलाई सात देखि नौ तारिक सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा हुदै छ।
कोप्ले सकर कम्पेक्समा एडल र भेट्रान गरि दुई समुहमा प्रतियोगिता हुने छ। ‘सहभागि हुने टिम पक्का भइसक्यो, अब जुलाई दुई तारिक हामी खेल तालिका सार्वजनि गर्छौ।’ क्लबका प्रशिक्षक तथा प्रतियोगिता आयोजक समितिका संयोजक किरण थापाले समाज टाइम्सलाई भने।
थापाका अनुसार दुबै तर्फ १२-१२ टिमले प्रतिस्पर्धा गर्ने छन्। सहभागि टिम ओहायोका अलवा पेन्सिलभेनया, नर्थ क्यारोलीना, जर्जिया, टेक्सास, भ्रमण र न्यूयोर्कका छन्।
प्रतियोगितामा सहभागि हुने टिम

नेपाली भाषीले मात्र खेल्न पाउने प्रतियोगिता हो । एडल तर्फ ३५ वर्ष मुनी र भेट्रान्समा ३५ वर्ष माथिका खेलाडी रहने छन्।
प्रतियोगितामा एडल तर्फको विजेताका लागि दश हजार र उप विजेताका लागि ६ हजार अमेरिकी डलर नगर पुरस्कार तोकिएको छ।
यस्तै भेट्रान्समा प्रथम हुनेलाई सात हजार र उपविजेतालाई पाँच हजार डलर नगद पुरस्कार दिइने छ।
प्रतियोगितामा सांगितिक प्रस्तुति पनि
संयोजक थापाका अनुसार प्रतियोगितामा सांगितिक प्रस्तुति पनि हुने छ। ‘राकेश काफ्ले आफै पनि गितकार हुनुहुन्यो,त्यसैले हामीले उद्घाटनमा र समापनमा स्थानीय गायक-गायिका र कलाकारको प्रस्तुति पनि राखेका छौ। थापाले भने।
अवुषा समल र फ्लोरेसेन्स नृत्य टोली रहने छ। यस्तै लीला गजमेर र प्रार्थना रसाईलीको प्रस्तुती रहने छ।

को हुन् राकेश काफ्ले
राकेश काफ्ले भुटनीज नेपाली समुदायका प्रशिद्ध साहित्यकार तथा गितकार हुन। समाजसेवामा समेत सक्रिय काफ्लेको सन् २०१८ मा निधन भएको । उनी क्लबका संस्थापक समेत हुन्।
सांग्रिला युथ फुटबल क्लब सन् २००३मा मोरङ्गको पथरी शरणार्थी शिविरमा स्थापना भएको क्लब हो। तेस्रो देशको पुनर्वास पछि सन् २०२० मा अमेरिकामा यस क्लबको पुनस्थापना गरिएको हो। पुन सक्रिय भए पछि क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘काफ्ले ज्यूले नेपाली भाषा, साहित्य र संगितामा पुर्याएको योगदानको सम्मान गर्दै हामीले प्रतियोगिता आयोजा गर्न लागेका हौ।’ प्रतियोगिता संयोजक थापाले समाज टाइम्स सँग भने ‘उहाँ क्लबको फाउन्डर र समाजसेवी पनि हुनुहुन्थो।’















