अमेरिकामा कार्यकर्ता माझ जङ्गिए एमाले महासचिव पोखरेल,गरे अध्यक्ष ओलीको बचाउ
राजु तिमिल्सिना
केन्टकी,अमेरिका / अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल आफ्ना कार्यकर्ता माझ जङ्गिएका छन्।
केन्टकी राज्यको लेक्जिन्टनमा शनिवार प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा महासचिव पोखरेल जङ्गिन पुगेका हुन्।
उनी अगाडि बोल्ने बक्ताहरुले पार्टी र नेतृत्वको कार्यशैलीमा आलोचना गरेका थिए। मञ्चका उप सचिव थोमश बास्तोता लगायतका कार्यकर्ताले एमालेका जनप्रतिनिधिले काम गर्न नसक्दा पार्टी अलोकप्रिय भएको बताएका थिए।
‘कम्युनिष्ट पार्टीले गर्नु पर्ने काम काठमाडौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले गरेका छन्, एमालेका स्थानीय नेताले किन काम गर्न सकेका छैनन्, उनीहरुलाई काम लगाउने के योजना छ महासचिव ज्यू? भन्दै मञ्चका उपसचिव बास्तोलाले प्रश्न गरेका थिए।
यस्तै उनले दक्षता हासिल गरेका युवाहरुलाई केन्द्रिय कमिटीमा राख्नु पर्ने, नत्र मिशन ०८४ मा एमाले नभइ राष्ट्रिय स्वतन्त्र पार्टी सफल हुने खतरा औल्याएका थिए।
भवानी बास्तोला लगायत अन्य वक्ताहरुले पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए। उनीहरुले अध्यक्ष केपी ओलीको कमजोरीका बारेमा छलफल गर्ने की नगर्ने भन्दै प्रश्न उठाएका थिए।
मञ्चका सचिव छवी पाण्डेले पनि केन्द्रिय महासचिव पोखरेललाई सोधिएको प्रश्नको बारेमा बोल्न भन्दै निर्देशनात्मक शैलीमा उद्घोषण गरेका थिए।
त्यस पछि हातमा माइक लिएका महासिचव पोखरेलले प्रश्न उठ्ले त्यसपछि उत्तर आफूले चाहेको मात्र खोज्ने भन्ने उचित नहुने भन्दै सम्बोधन शुरु गरेका थिए।
‘हामीले जे भन्या छौ त्यो बोल्नु भन्ने खालको कुरा त्यति मर्यादित होइन।’ पोखरेलले भने,’त्यसको जवाफ खोज्नु पर्छ,चित्न बुझ्न पनि सक्छ नबुझ्न पनि सक्छ। हरेकलाई चित्न बुझाउन जवाफ जन्मिएको हुदैन।’
उनले पपुलिष्टहरुले गरेकै काम गर्नका लागि कम्युनिष्ट पार्टीको आवश्यकता नहुने बताए। समाजले भनेकै काम गर्ने पार्टी क्रान्तिकारी हुन नसक्ने महासचिव पोखरेलले ठहर गरे।
महासिचव पोखरेलले समाजमा निरासा र कुष्ठा पैदा भएको बताए। महासचिव पोखरेलले अमेरिकामा बसेका मान्छे मात्र जान्ने बुझ्ने छौ भन्ने नसोच्न तथा भ्रम नपाल्न पनि आग्रह गरे।
‘हामीले जे बुझैका छौ त्यो अरुले बुझेको छैन भन्ने ठान्यौ भने त्यो गल्ति हुन्छ।’ पोखरेलले भने,’देशमा बस्ने मान्छे सबै मुर्ख हुन भन्ने सोच राख्यौ भने त्यो गल्ति हुन्छ।’
महासचिव पोखरेलले अधिकांश समय अध्यक्ष केपी शर्का ओलीको बचाउ गरेका थिए। ‘केपी ओलीले देशका पक्षमा लड्दा विदेशी शक्तिहरुको इसारामा केपी ओलीलाई कमजोर पार्न ल्याइएको घेराबन्दीको प्रचारको प्रभाव तपाईहरुकोमा आइपुगेको छ।’ पोखरेलले भने, ‘नेतृत्वको प्रतिरक्षाको प्रश्न एक प्रकारले मान्छेहरुलाई चाकरी लाग्छ,तर देशको हितको प्रश्न हो यो,चाकरीको प्रश्न होइन।’
नेकपा एमाले समर्थित प्रवासी मञ्चका झण्डै दुई सय नेता तथा कार्यकर्ता उस्थित रहेको साधरण सभाले दश बुँदे केन्टकी घोषणा पत्र पनि जारी गरेको छ।
महासचिव पोखरेलको मन्तव्य













