न्यायलाई छिटो छरितो र कम खर्चिलो बनाउने प्रधानन्यायाधीश कार्कीको प्रतिवद्धता
काठमाडौं । प्रधान्यायाधीश हरिकृष्ण कार्कीले, न्यायलाई छिटो छरितो र कम खर्चलो बनाउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार सर्वोच्च अदातलमा पदभार ग्रहणपछि संचारकर्मीसंग उनले, आफ्नो कार्यकाल छोटो भए पनि न्याय छिटो छरितो र सुलव बनाउनु आफ्नो मुख्य लक्ष्य हुने बताए ।
उनले भने ‘न्यायलाई छिटो छरितो र सुलव बनाउने र कम खर्चलो बनाउने सहज ढङग्ले सेवाग्राहिले सेवा लिन सक्ने भन्ने लाईनबाट केहि सुधारका कार्यक्रमहरु अगाडी बढाएको छौं । हामीले त्यहि गर्ने हो र अहिले हरेक कुरा जवाफदेही ढंगले गरीरहेको छौं ।’
सर्वोच्च अदातल मात्र नभएर सबै अदालतको न्याय निरुपणमा सहजता आफ्नो मुख्य लक्ष्य भएको बताएका उनले आफूले छोडेपछि पनि विधिले काम गर्ने बताए। उनले भने ‘मेरो छोटो कार्यकाल हुनु र नहुनु भन्दा पनि न्यायपालीकालाई हामी कसरी अगाडि बढाउछौं भन्ने हाम्रो योजना भित्र नै रहेर यो कामलाई अगाडि बढाएकोले यसलाई भोली पनि न्यायलयले यसकै जगमा बसेर आफ्ना कार्यहरु अगाडी बढाउने स्थिति भएकाले बीचैमा म जाने बित्तिकै समाप्त हुन्छ भन्ने होईन् ।’










