कारागार चलान भएसंगै रायमाझीको सांसद पदबाट निलम्बित

Top
4

काठमाडौं । नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

जिल्ला अदालत काठमाडौंले, नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएसँगै प्रतिनिधिसभा नियमावलीको नियम २४८ बमोजिम उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

प्रतिनिधि सभाको नियम २४८(३) मा ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन’, भन्ने उल्लेख छ । निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।



अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिने र निलम्बन फुकुवा हुने व्यवस्था छ ।



Support Nepali Journalism

Author