कलेजमा भएका दुव्र्यवहारका घटनाप्रति सांसद मैनालीको आपत्ती
काठमाडौं । सांसद अच्युत प्रसाद मैनालीले, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल मेडिकल कलेजमा भएका दुव्र्यवहारका घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्।
प्रतिनिधि सभाको शुक्रवार सुन्य समयमा आफ्नो धारणा राख्दै उनले पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकमाथि भएको दुव्र्यवहार र नेपाल मेडिकल कलेजमा डाक्टर र नर्समाथि भएको आक्रमणको भत्र्सना गरेका हुन् ।
‘२९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डाक्टर महेशराज दाहालमाथि जुन अमानवीय व्यवहार भएको छ त्यसको घोर भत्र्सना गर्न चाहान्छु । त्यस्तै नेपाल मेडिकल कलेजमा उपचारको विषयलाई लिएर डक्टरहरुमाथि नर्समाथि दुव्र्यवहार भएको छ । कुटपिट भएको छ । र आइसियुमै गएर आक्रमण भएको तोडफोड भएको यसरी हामी कसरी हामी प्राज्ञिक मर्यादा कसरी गर्न सक्छौं ।’
उनले, दोषिमाथि कारवाही गर्न सरकारले ढिलासुस्ति गरेको भन्दै आक्रोश पोखे ।














