एसिया कप क्रिकेटमा नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित
काठमाडौं । एसिया कपमा नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित भएको छ ।
एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार आगमी अगष्ट ३१ देखि सेप्टेम्बर १७ सम्म एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा हुने भएको छ
बिहीबार एक विज्ञप्ति जारी गर्दै एसीसीले एसिया कपका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने उल्लेख गरेको छ । भारतले एसिया कपमा सहभागी हुन पाकिस्तान जान अस्वीकार गरेपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानविरुद्धको खेल पाकिस्तानमै खेल्ने भएको छ । पहिलो पटक एसिया कपमा उत्रिदै गरेको नेपाल समूह ए मा भारत र पाकिस्तानसँग गररेको छ । समूह बी भने श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् ।
नेपालले गत बैशाखमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा उत्रिन पाएको नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । यो नेपालका लागि सबैभन्दा ठूलो अवसरर बनेको छ ।














