प्रधानमन्त्रीले सदनलाई ढाटेको एमाले सांसद बस्नेतको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले भारतको नयाँ संससद भवनमा राखिएको नक्साबारे प्रधानमन्त्रीले झुटो बोलेको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा उनले भारतको नयाँ संसद भवनमा राखिएको नेपालको नक्साबारे प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा ठोस कुरा नभएको बताए पनि भारतीय विदेशमन्त्रीको भनाई पनि त्यो झुटो भएको दाबी गरे ।
‘भारतीय विदेश मन्त्री एस जय शंकरले नेपालले कुरा बुझि सक्यो अब विवाद हुँदैन् । मित्र देश नेपाल र बंगलादेशले अब विवाद गर्दैनन् । उक्त नक्साको मुनी अशोक इम्पायरको विवरण लेखिएको छ। यो संस्कृतिक कुरा हो यसलाई राजनीतिक विषय बनाउन जरुरी छैन् भन्ने पत्रकारहरुसंगको कुराकानीमा गर्नु भएको छ ।’
उनले प्रश्न गरे ‘तर प्रधानमन्त्रीले यसको विषयमा सबै जानकारी गराएको छ भनेर भन्नु भएको छ । सत्य कुरा के हो ? भारतले भनेको सत्य हो की ? प्रधानमन्त्रीले भनेको कुरा सत्य हो ? ’