एनआरएनए अमेरिका निर्वाचन : प्रवासी मञ्चको समर्थन डा. बञ्जाडेलाई, दुई उपाध्यक्ष सहित दश पदमा उमेदवारी

पेन्सिलभेनिया, अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिको निर्वाचनका लागि विभिन्न समिकरण बन्ने क्रम जारी नै छ।
यसै क्रममा नेकपा एमाले निकट रहेको प्रवासी मञ्चले यस पटक एनआरएनए अमेरिकाको निर्वाचनमा डा. अर्जुन बञ्जाडे नेतृत्वको टिमलाई सघाउने भएको छ।
‘यस पटक पनि अध्यक्षमा हाम्रो उमेदवार छैन्’ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले समाज टाइम्स सँग भने, ‘अर्जुनजीको नेतृत्वमा हाम्रा साथीहरुलाई समेटेर अगाडि बढ्ने भन्ने भएको छ।’
सन् २०१९ को निर्वाचनमा थापा आफै एनआरएनए अध्यक्ष पदमा पराजित भएका थिए। अघिल्लो पटकको निर्वाचनमा प्रवासी मञ्चले कृष्ण लामिछाने टिमलाई सघाएको थियो। सो निर्वाचनमा लामिछाने उपविजेता भएका थिए।
एनआरएनए अमेरिका राष्ट्रिय निर्वाचन आयोगले जुलाई १६ र १७ तारिकलाई निर्वाचन दिन तोकेको छ। आयोगले बुधवार मात्र तालिका सार्वजनिक गरेको छ।
एनआरएनए अमेरिकामा अहिले सम्म संस्थापन पक्षबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष डिलु पराजुलीले आगामी निर्वाचनमा अध्यक्षका लागि उमेदवारी घोषणा गरेका छन्।
संस्थापन इतरबाट डा. अर्जुन बञ्जाडेले पुन उमेदवारी घोषणा गरेका छन्। एनआरएनए अमेरिका पूर्व बरिष्ठ उपाध्यक्ष बञ्जाडे पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा तेस्रो भएका थिए।
प्रवासी मञ्चले बञ्जाडे टिममा आफ्नो तर्फबाट दुई उपाध्यक्ष, सचिव, महिला सचिव, महिला संयोजक, तीन बोर्ड सदस्य र आइसीसी सदस्यमा दुई जनालाई उमेदवार बनाउने निर्णय गरेको छ।
अध्यक्ष थापाका अनुसार नेत्र पाण्डे र प्रेम तामाङ उपाध्यक्षको उमेदवार हुने छन्। यस्तै सचिवमा दिपक सापकोटा, महिला सचिवमा शान्ति वाग्ले, बोर्ड सदस्यमा सञ्जय सिंह, मोहन न्यौपाने र गोपी ढुंगाना उमेदवार हुने छन्। सुनिता खड्का महिला संयोजकको उमेदवार हुने छिन्। आइसीसी सदस्यमा जीवन जोशी र छत्र गुरुङ उमेदवार हुने छन्।
एनआरएनए अमेरिकामा प्रवासी मञ्चको प्रभावकारी उपस्थिति, पहिलो पटक चार पदाधिकारी विजयी
August 3, 2023 @ 4:37 pm
[…] […]