क्यानडाको जङ्गलमा आगलागी न्यूयोर्कमा शास्ति, मास्क प्रयोग गर्न सुझाव

पेन्सिलभेनिया,अमेरिका / क्यानडाको जङ्गलमा लागेको आगोको असर उत्तर पूर्वी अमेरिकामा पनि देखिएको छ।
विषेशत मंगलवार साँझ देखी हावामा ढडेको गन्धको महशुश गरेका उत्तरपूर्वी अमेरिकाबासीले बुधवार झनै शास्ति खेपे।
बुधवार दिनभर नै न्यूयोर्क शहर बाक्लो धुवाँमुनि देखिएको छ। गगनचुम्बी भवनहरू र स्ट्याच्यू अफ लिबर्टीलाई धुवाँले ढाकेको थियो ।
पेन्सिलभेनिया राज्यमा पनि मंगलवार साँझ देखि नै वातावरण धुमिल देखिएको थियो । बुधवार दिन पनि धमिलो रह्यो। न्यूयोर्कका प्रायस स्कूलहरुले विद्यार्थीलाई माक्स प्रयोग गर्न लगाएका थिए।
क्यानाडा केन्द्रिय वाइल्ड फायरका अनुसार जङ्गलमा विनाशकारी आगलागि भइरहेको छ। अधिकारीहरुले यसलाई ‘असामान्य’ भनेका छन्।
क्यानडाको क्युबेकमा जुनको शुरुवात देखि लागेको आगोले तिब्र रुप लिएको अधिकारीले बताएका छन्। आगोबाट अहिलेसम्म ३.३ मिलियन हेक्टर (८.२ मिलियन एकड) भन्दा बढी जलेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

क्यानाडामा हाल सम्मकै सबैभन्दा खराब आगलागि भनिएको छ। यो क्षेत्र विश्वका केही घना जङ्गलहरूका लागि परिचित छ। यहाँको जङ्गलमा वार्षिक रुपमा आगो लाग्नु कुनै नयाँ कुरा नभए पनि यस वर्षको आगो पहिले भन्दा धेरै तीव्र र चौडा फैलिएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
“यो धेरै मानिसहरूका लागि डरलाग्दो समय हो,” प्रधानमन्त्री जस्टिन ट्रूडोले ओटावामा एक पत्रकार सम्मेलनमा भनेका छन्।
जङ्गगलको आगलागी बाढी पछाडि क्यानाडाको दोस्रो सबैभन्दा महँगो प्रकोप भएको बताइएको छ। घरहरूको विनाशको अतिरिक्त तेल र ग्यास उत्पादनमा नकारात्मक असर पार्ने आकलन गरिएको छ।
सूर्य रातो, वायु गुणस्तर सूचकांकमा, स्वास्थ्यमा कस्तो असर पर्ला
धुवाँको मुस्लोले क्यानडाको आकाश ढाकेको छ। देशैभरि बाक्लो धुवाँको घेरा उत्पन्न हुँदा वायुको गुणस्तरमा पनि असर परेको छ । त्यसको असर अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा पनि परेको छ।
अधिकारीहरुले न्यूयोर्कदेखि मिनेसोटासम्मका राज्यहरूमा सार्वजनिक स्वास्थ्य सतर्कताहरू जारी गरेका छन्। बासिन्दाहरूलाई हावामा सम्भावित विषाक्त सूक्ष्म कणहरू सास फेर्नबाट बच्न घर भित्रै बस्न र मास्क लगाउन आग्रह गरेका छन्।

जुन ६ मा न्यूयोर्क सहरले विश्वमा सबैभन्दा बढी प्रदूषणको स्तर अनुभव गरेको थियो।
आगोको धुवाँ अमेरिकाको ठूलो भागमा फैलिएको छ, जसले पूर्वी तटमा वायुको गुणस्तरलाई असर गरिरहेको छ, लाखौंको लागि स्वास्थमा पनि असर पर्ने चिन्ता व्यक्त गरिएको छ। किनकि आगो रोक्ने संकेत देखिएका छैनन्। अधिकारीहरुले आगोको रफ्तार झन बढेको भनेका छन्।
प्रचण्ड गर्मी, खडेरी र सुख्खा मौषमले आगलागि नियन्त्रण भन्दा बाहिर रहेको अधिकारीको भनाई छ।
जलवायु परिवर्तनले यी प्रकोपहरूलाई अझ खराब बनाउदै गएको अधिकारीले बताएका छन्।
क्यानडामा आगलागी कसरी सुरु भयो?
सुख्खा, तातो मौसमले पनि चट्याङ पर्ने गर्दछ। सामान्य मौसममा, क्यानाडाको आधा जङ्गलको आगो त्यही चट्याङका कारण शुरु हुन्छ। केही मात्रामा मानविय कमजोरीबाट पनि आगो लाग्न सक्छ। यस पटकको आगलागी ठ्याक्कै यही कारण बाट हो भनेर अधिकारीले भनेका छैनन्।
क्युबेकमा, चट्याङबाट आगो फैलिएको थियो, तर अल्बर्टाका अधिकारीहरूले भनेका छन् कि त्यहाँ आगोको कारण अहिले अज्ञात छ। देशका अन्य ठाउँमा, यी आगोहरू फालिएको चुरोटको बटादेखि लिएर गुज्रिरहेका रेलहरूबाट स्पार्कहरूसम्म विभिन्न तरिकामा मानवीय कारण भएका छन्।
क्यानाडाको जंगलमा लागेको आगो किन नियन्त्रण बाहिर छ?
कठोर मौसमी अवस्थाहरूले यी द्रुत-फैलिने आगोहरूलाई मलजल दिइरहेका छन्, यसलाई नियन्त्रण गर्न अत्यन्तै गाह्रो बनाउँदैछ।
क्यानाडाली वाइल्डल्याण्ड फायर रिसर्च अफिसर क्रिस स्टकडेलका अनुसार देशमा हाल “राष्ट्रिय तयारी स्तर ५” मा काम भइरहेको छ। जसको अर्थ क्यानाडाले आगो विरुद्धको लडाईलाई परिचालन गर्न आफ्नो सबै राष्ट्रिय स्रोतहरू पूर्ण रूपमा प्रयोग गरेको छ।
अग्नी नियन्त्रकहरू अमेरिकाबाट पनि पुगेका छन्। क्यानाडाली प्रेसले एक हजार दुई सय भन्दा भन्दा बढी अन्तर्राष्ट्रिय अग्नि नियन्त्रकहरू क्यानाडामा खटाइएको रिपोर्ट गरेको छ। तर पनि आगलागि नियन्त्रण बाहिर छ।
क्यानाडाली सरकारले जारी खडेरीका कारणले गर्दा देशका अधिकांश भागहरूमा सामान्य भन्दा उच्च-सामान्य आगो गतिविधि जारी रहने सम्भावनालाई संकेत गरेको छ।
सिबिएस न्यूज र रोयटर्सको सहयोगमा
फोटो : आङ्गजाङ्बु शेर्पा न्यूयोर्क