एनआरएनए अमेरिकाको निर्वाचन जुलाई १६ र १७ मा
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)अमेरिका अन्तर्गत राष्ट्रिय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ।
मुख्य निर्वाचन आयुक्त बासु फुलाराद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा जुलाई १६ र १७ तारिकलाई निर्वाचन दिन तोकिएको छ।
आयोगले जुन १४ सम्ममा मतदाता सूची प्रकाशन गर्ने उल्लेख गरेको छ।
जुन २० तारिक सम्म मतदाताहरूको अन्तिम सूची जारी गरिने छ। जुन २१ देखि २३ सम्म उम्मेदवारहरूको मनोनयन दर्ता समय तोकिएको छ।
जुन ३० मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ। जुलाई दुई र तीनमा उम्मेदवारहरू विरुद्ध उजुरी दर्ता गर्न सकिने छ। जुलाई पाँचमा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ।
जुलाई ६ मा कुनै पनि उम्मेदवारी फिर्ता लिने र जुलाई सातमा उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ।
जुलाई १६ र १७ मा निर्वाचन भए पछि १८ तारिक अन्तिम निर्वाचन परिणामहरू सार्वजनिक गरिने छ।
अहिले सम्म दुई जनाले अध्यक्ष पदमा औपचारिक रुपमा उमेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षबाट वर्तमान कमिटीका उपाध्यक्ष डिलु पराजुली र इतरपक्षबा पूर्व बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाले चुनाली मैदानमा होमिसकेका छन्।
र यो पनि…
एनआरएनए अमेरिका : अबको अध्यक्ष को ? ‘संस्थापन पक्ष अलमलमा, इतरपक्ष आक्रमक’
अमेरिकामा नेपाली कांग्रेस समर्थक बीच चर्कदो रडाको, एनआरएनएमा भद्रगोल, पार्टीको बदनाम
एनआरएनए अमेरिका : नर्थक्यारोलिनाले ‘मिस’ गरेका अनुहार, एजेण्डामा जिते,व्यक्ति छुटे














