सडक सुरक्षामा ध्यान दिन सरकारलाई सांसद सिंहको आग्रह

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सांसद अमरेश सिंहले नेपाल सबैभन्दा बढि दुर्घटना हुने देशमा परेको भन्दै सडक सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा उनले मापदण्ड अनुसारको सडक निमार्ण गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने सांसद सिंहले बताए ।
१० वटा सडकको ठाँउमा ५ वटा बनोस तर मापदण्डको सडक बन्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘सडक दुर्घटना बढि भईरहेको छ । सडक सुरक्षामा ध्यान दिदैनौं, खोलाको किनारमा बाटो बनाउछौ । सुरक्षाको लागि केही नगरिएको हुनाले हरेक साल दर्जनौ नेपालीहरु नदीमा बग्ने गर्छन् । सडकको मापदण्ड सडक सुरक्षाको लागि गर्नुपर्ने त्यो किन गरिएको छैन् । यसमा सम्बन्धित सरोकारवालाको ध्यान जाओस् । १० वटा सडकको ठाँउमा ५ वटा मात्रै बनोस तर एउटा मापदण्डको सडक बन्नु प¥र्यो कसैको अकालमा मृत्यु नहोस ।’
दुर्घटनाका कारण अकालमा मानिसहरुको ज्यान जाने क्रम रोक्न सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने उनको भनाई छ ।