काठमाडौंका मेयर बालेनलाई ब्रसेल्स जान सरकारको स्वीकृति

Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले विद्युत व्यापारसम्बन्धि विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो । सम्बन्धित मन्त्रालयलाई यस् विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको प्रस्तावमा ०८० साल जेठ १९ गतेदखि ३२ गते चार दिनसम्मका लागि हुने कामनपा प्रमुख शाहको ब्रसेल्स भ्रमणलाई स्वीकृत गरेको हो ।
प्रमुख साहले बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘ब्रसेल्स अर्वान समिट २०२३’ को कार्यक्रममा सहभागी हुन बेल्जियम जान लागेको पनि प्रवक्ता शर्माले जनाइन् ।