डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज विदेशी मुद्राको भाउ बढेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२पैसा र बिक्री दर १६५ रुपैयाँ ४८पैसा पुगेकोे छ ।
युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।