प्रधानन्यायधिशको सुनुवाई चाँडो टुंग्याउन सभामुख घिमिरेको माग

काठमाडौं । प्रतिनिधि सभाको सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई बिशेष समितीले ईमान्दारितापूर्वक काम गर्नु पर्ने धारणा राखेका छन् ।
मंगलबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा उनले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको विषय चाँडो टुंग्याउन माग गरेका छन् ।
उनले भने,‘धेरै समय पश्चात समितिले पुर्णता पाएको छ । समितिको सभापति छान्ने बिषय बाँकी नै छ । प्रधानन्यायधिश नियुक्तिको बिषय लामो समयदेखि अघि बढ्न सकेको छैन । यो बिषयलाई समितिले छिटो भन्दा छिटो सम्पन्न गरेर जिम्मेवारि निर्वाह गर्न सकोस् ।’
प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष २७ वैशाखमै पत्र पुगेका थियो ।
सभामुख घिमिरेले कामु प्रधानन्यायधिश कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन समेत दिईएका छन् । कार्की गत २५ वैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए । सार्वजनिक सुनुवाइका लागि २७ वैशाख संसद् सचिवालयलाई जानकारी गराइएको थियो ।