बेपत्ताको छानविन र सत्य निरुपणको कुरा अन्तिम चरणमा छ : प्रधानमन्त्री प्रचण्ड
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, वेपत्ता छानविन र सत्य निरुपणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, नीति तथा कार्यक्रममा अबको दुई वर्षमा यो काम टुङ्ग्याउने गरी समेटिएकोले समयमै काम सकिने विश्वास व्यक्त गरे ।
‘ अब यो वेपत्ता योद्धाको छानविन कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ ।’ उनले भने, ‘सबैतिर सहमति बनाएर केही दिन भित्र त्यो विधेयक पारित गरेर अनि आयोग मार्फत अनि हिजो मात्रै तपाईले सुन्नुभयो नीति कार्यक्रमबाट दुई वर्ष भित्र सम्पूर्णका टुङ्गाउने गरी काम अघि बढाउछौं भनिएको छ । ’
उनले सबैदलको सहमति भएकाले सजिलो भएको उनको भनाई छ । त्यस्तै उनले अब विस्तारै वेपत्ताहरुको यथार्थ अवस्था थाहा भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको बताए। उनले यदी उनीहरुको अवस्थाबारे थाहा भए आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने उनको भनाई छ ।








