ढुक्क हुनुहोस् यो सरकार ५ वर्ष टिक्छ : प्रधानमन्त्री
चितवन . प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने दावी गरेका छन् ।
चितवनमा आज विहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले हल्लाको पछि नलाग्न सवैलाई आग्रह गर्दै आफ्नो नेतृत्वको सरकार नै ५ वर्ष टिक्ने दावी गरेका हुन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि पूर्वका केही जिल्लामा भएका आक्रमण प्रति सत्तारुढ दलहरुलाई आरोप लगाएको विषय पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गरेका छन् ।
उनले भने ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता छैन ।’
यसैगरी कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको पनि बताए ।
‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने ।














