एसीसी प्रिमियर कपमा नेपालकाे सहज जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो ।
नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ऐरी २ र ललित राजवंशीले १–१ विकेट लिए । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे।
सन्दीपले आजको खेलमा विकेट लिएसँगै अफगानिस्तानका रासिद खानको कीर्तिमान आफ्नो नाममा राख्न सफल भएका छन् ।
सन्दीप एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो विकेटको शतक पूरा गरे । सन्दीपले ४२ खेलमा १ सय विकेटको कीर्तिमान बनाउँदा यसअघि रासिद खानले ४४ खेलमा यो किर्तिमान बनाएका थिए ।
सन्दीपले एक दिवसीय क्रिकेट करियरमा १०२ विकेट बनाएका छन् ।