झुटो समाचार प्रशारण गरेकोमा फक्स न्युजले सात सय ८७ मिलियन अमेरिकी डलर जरिवाना तिर्ने

Getting your Trinity Audio player ready...
|
टेक्सास, अमेरिका / अमेरिकाको चर्चित टेलिभिजन च्यानल फक्स न्युजले एक मुद्दामा भारी मात्रामा जरीवाना तिर्ने गरि सेटलमेन्ट गरेको छ। सन् २०२० को राष्ट्रपति निर्वाचनको नतिजालाई लिएर बनाएको एक समाचारका लागि ठूलो मात्रामा जरिवान तिर्न फक्स न्युज मञ्जुर भएको हो।
सन् २०२० को अमेरिकाको रास्ट्रपति निर्बाचनमा प्रयोग गरिएका डोमिनिएन भोटिंग सिस्टमका बारेमा फक्स न्युजले प्रशारण गरेको समाचार विरुद्द मुद्धा गरेको थियो।
डोमिनिएन भोटिंग सिस्टम र फक्स न्युज बीचमा मुद्धा अघि नबढाउन सहमति भएको छ। १६ सय मिलियन डलर बराबरको क्षति दावी गर्दै डेलावेरको एक अदालतमा डोमिनिएन भोटिंग सिस्टमको तर्फबाट मुद्धा दायर गरिएको थियो।
मुद्धाको किनारा लगाउन ग्र्याण्ड जुरी स्थापना भएर त्यसको लागि बहस शुरु हुनै लाग्दा फक्स न्युजले डोमिनिएनले दावी गरे भन्दा करिव आधा रकम दिदै मुद्धा मिलाउने प्रस्तावमा दुबै पक्ष राजी भएका हुन्। मुद्धामा दुवै पार्टी बीच सहमति जुटेको भन्दै न्यायाधिशले यो मुद्धा मिलापत्रमा टुंगिएको निर्णय सुनाएका थिए।
मुद्धा के थियो ?
सन् २०२० को रास्ट्रपति चुनावमा पराजित भए पछि ट्रम्प र उनका सहयोगीहरुले भोटिङ्ग मेसिनले डोनाल्ड ट्रम्पलाई दिइएका भोटहरु जो बाइडेनको लागि परिवर्तन गर्ने गरी निर्माण गरिएको भन्दै प्रचार गरेका थिए।
उनीहरुले गरेका दावीहरु पाँच दर्जन भन्दा बढी मुद्धाहरुझुट सावित भएका थिए र अदालतले कुनै प्रमाण नपुगेको भन्दै खारेज गरिदिएको थियो । तैपनि ट्रम्प टीमले त्यो निर्बाचन सम्बन्धि झुट जारी राखेका थिए। निर्बाचनको परिणाम जो बाइडेनको पक्षमा पारेर नतिजा चोरिएको भन्ने झुट समाजमा स्थापित गर्न फक्स न्युजको मेगाफ़ोन दुरुपयोग गरिएको थियो।
फक्स न्युजका प्राइम टाइमका लोकप्रिय प्रस्तोताहरु सन ह्यानिटी, टकर कार्ल्सन, जियानिन पिर्रो लगायतले जानी जानी आफ्ना दर्शकहरुलाई झुट बोलेर चुनावमा धाँधली गरेर डोनाल्ड ट्रम्पलाई हराइएको दावी गर्दै आएका थिए।
डोमिनिएन भोटिंग सिस्टमले मुद्धा दायर गरे पछि अदालतमा फक्स न्युजले जानीजानी चुनावी झुट प्रचार गरेको प्रमाण प्रस्तुत गरेको थियो।
फक्स न्युजका आन्तरिक सर्कुलर, कुराकानीहरुमा स्पस्ट रुपमा आफ्नो ब्यबसायिक फाइदाको लागि झुट बोलिएको प्रमाणित भए पछि फक्स न्युज अरु बढी अपमान र आर्थिक क्षति हुने अवस्थाबाट बच्न यो सहमतिमा पुगेको जनाइएको छ।
सेटलमेन्ट पछि पत्रकारहरुसँग बोल्दै डोमिनिएन टीमले यो सेटलमेन्टले कम्पनीको गुमेको इज्जत फिर्ता त नहुने तर जानीजानी झुट बोल्दा के कस्तो अवस्था हुन्छ भन्ने नजिर स्थापना भएको जनाएको छ।
पहिलो संसोधन (अमेरिकाको संविधानको पहिलो संसोधनले बोल्ने छुट दिएको छ) को दुरुपयोग गर्दै झुटको खेति गर्न नपाइने मान्यता स्थापित गरेको छ। पत्रकारिताको आडमा सत्य बिरोधि हर्कत स्वीकार्य हुन्न भन्ने पनि यसले स्थापित गरेको र प्रजातन्त्रको लागि सबै सजग रहिरहनु पर्ने कुरामा समेत सचेत गराइएको छ।
अमेरिकाको इतिहासमा कुनै मिडिया कम्पनीले यति ठूलो रकम जरिवाना तिरेर केस सेटल गरेको यो पहिलो हो। आन्तरिक काण्डहरुमा सेटलमेन्ट अन्य मिडिया हाउसहरुले पनि गरे पनि झुट बोलेको स्वीकार गर्दै यति ठुलो रकम जतिवाना तिर्ने फक्स न्युज पहिलो बनेको छ।
कुल नेट वर्थ ८० मिलियन डलर भन्दा कम भएको डोमिनिएन भोटिंग सिस्टमले त दस गुणा बढी रकम पाएर आफ्नो ब्यबसाय अघि बढाउला, अमेरिकी प्रजातन्त्रको खम्बाको रुपमा रहेको निर्बाचन प्रणाली माथि आम जनतामा उब्जाइएको शकाको भर्पाइ भने कहिल्यै हुने छैन।
यसमा फक्स न्युजले कसरी आफ्ना दर्शक सामु आफुलाई प्रस्तुत गर्छ, त्यो हेर्न भने बाँकी नै छ।
सेटलमेन्ट पछिको बिज्ञप्तिमा अदालतले फक्सले प्रस्तुत गरेका निर्बाचन सम्बन्धि समाचारहरुमा केहि असत्य भेटेकोमा त्यो स्वीकार गरेको भन्दै सात सय ८७ मिलियन पाँच लाख डलर जरिवाना तिरेर केसको अन्त्य गरिएको जनाएको छ।