मुलधारका राजनीतिक्षलाई निम्त्याएर जिपी कोईराला फाउन्डेशन अमेरिकाले मनायो नयाँ वर्ष

न्यूयोर्क,अमेरिका / जिपी कोईराला फाउन्डेशन अमेरिकाले सांगितिक कार्यक्रम सहित नयाँ वर्ष २०८० भनाएको छ। न्यूयोर्क ज्याक्शन हाईट्स स्थित जुईस् हलमा शुक्रवार पण्डित उद्दव शास्री र गुरु उर्गेन लामाले मन्त्र वाचन गर्दै कार्यक्रमको शुरुवात गरेका थिए।
कार्यक्रममा न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय र नेपाली संस्कृतिप्रति चासो राख्ने स्थानिय समाजसेवी एवं राजनैतिक व्यक्तित्वहरूको वाक्लो उपस्थिति रहेको थियो।
प्रमुख अतिथि नेपाल सरकारको न्यूयोर्कस्थित कार्यवाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले नयाँ बर्ष २०८० को शुभकामना व्यक्त गर्दै नेपाल र अमेरिका बिचको घनिष्ठ पारस्परिक सम्बन्धका बारेमा चर्चा गरेका थिए।
जिपिके फाउण्डेशन अमेरिकाले सबै समुदाय सॅंग हातेमालो गर्दै अत्यन्त प्रशंसनिय कार्य गरिरहेको भन्दै गौतमले अमेरिकामा पनि समाजसेवामा समर्पित भै नेपाल र नेपालीलाई चिनाउन, अमेरिकी निर्वाचित पदाधिकारीहरू तहमा पुलको भुमिका खेलेको बताए।
कार्यक्रममा अमेरिकी कंग्रेसकी कंग्रेसओमेन ग्रेस मेगंले आफुलाई नेपाली समुदायको औधी माया लाग्ने बताइन। उनले हर सुखदुखमा साथ र सहयोग दिन तत्पर रहेको बताउदै फाउन्डेशनको गतिविधि प्रति बधाई एवं धन्यवाद व्यक्त गरिन।
यस्तै न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस डी. नापोलीको नॅंया बर्ष शुभकामना भिडियो सन्देश सुनाएको थियो।
न्यूयोर्क सिटी मेयर एरिक एडम्सको कार्यलयबाट दक्षिण एशियाली समुदाय मामिलाकी डाईरेक्टर धनपथ शुकरानीले मेयरको र उनको शुभकामना सन्देश व्यक्त गरेकी थिइन। सन्देशमा फाउण्डेशनको प्रगतिको कामना गरिएको थियो।
न्यूयोर्क सिटी मेयर मानव अधिकार आयोग अफिसकै एशियाली समुदायका प्रमुख सल्लाहकार फ्लोरा (रुह-पिंग) फर्ङ्गले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समुदायमा कुनै पनि मानव अधिकारको उल्लङ्घन भए आफुहरुलाई तुरुन्तै सम्पर्क गर्न आव्हान गरे।
यसैगरी न्यूयोर्क राज्य सिनेटर जोन लुले आफुलाई फाउन्डेशन र नेपालीवीच भेटघाट गर्नपाउँदा आफ्नै घर आएको महशुस भएको बताए।
न्यूयोर्क राज्यका अर्का सेनेटर माईकल जियानारिस ले कोरोना कहरका बेला फाउण्डेशनले खेलेको भुमिकाको खुलेर प्रसंसा गरे।
न्यूयोर्क राज्यकी प्रदेशसभा सदस्य जेनीफर राजकुमारले नेपाली समुदाय न्यूयोर्कमा मानवीय सहयोग एवं समुदायको हकहितमा अग्रणी मोर्चामा रहेकोमा आफुलाई गर्वलागेको बताइन। उनले आफ्नो पहलमा न्यूयोर्क राज्यमा सगरमाथा दिवस र दिवाली विदा दिनेजस्ता विशेष कार्यहरू सम्पन्न भएकोमा जानकारी समेत गराइन्।
न्यूयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहास न्यूयोर्क सिटी काउन्सील ओमेन जुली वांनले, न्यूयोर्क राज्यका नव निर्वाचित प्रदेशसभा सदस्य स्टेभेन रागाले पनि नयाँ वर्षको शुभकामना दिएका थिए।
सांगितिक माहोलमा झण्डै तीन घण्टा सम्म चलेको कार्यक्रमको संचालन फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए।
कार्यक्रममा फाउन्डेशनका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा खानाको प्रायोजन गर्ने कार्य समिती सदस्य रेखा श्रेष्ठ एवं टेष्ट अफ नेपाल र डि. जे. एल.एस जाङ्गबु शेर्पालाई फाउण्डेशनका अध्यक्ष घिमिरेले धन्यवाद व्यक्त गरेका थिए।