पेन्सिलभेनियाको ल्यानक्यास्टरमा यसरी मनाइयो नयाँ वर्ष (भिडियो सहित)

पेन्सिलभेनिया,अमेरिका / पेन्सिलभेनियाको ल्यानक्यास्टर वरपर रहेका नेपालीहरुले एकिकृत भएर नयाँ वर्ष २०८० शुभकामना साटासाट गरेका छन्।
नेपाली एशोशियशन अफ पेन्सिलभेनियाले यो अवसर जुराएको हो। शनिवार साँझ कोलोम्बिया एभिन्युमा रहेको नमस्ते रेष्ट्ररेन्टको हलमा उपस्थित भइ उनीहरुले नयाँ वर्षलाई स्वागत गरे।
एशोशिशनका अध्यक्ष नेरु गिरीको शुभकमना मन्तव्यबाट शुरु भएको शुभ कामना साँझमा सांस्कृतिक प्रस्तुत पनि राखिएको थियो।
मन्तव्यको क्रममा अध्यक्ष गिरीले आफुले नेतृत्व लिएको पाँच वर्ष पुरा भएको भन्दै नयाँ कार्यसमिति गठनका लागि आफु नेतृत्वको कमिटी विगठन भएको घोषणा गरेका थिए।
उनले छिट्टै नयाँ कमिटी बनाउन पनि आग्रह गरे। कोभिड महामारीको समयमा संघले गरेका कार्यहरुका बारेमा चर्चा गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
नयाँ वर्ष साँझको भिडियो

