शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको १०० वर्षको उमेरमा शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ ।
गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो ।