मेरील्याण्डमा नयाँ वर्षको उपलक्षमा नेपाली पाठशालाको जादु प्रदर्शनी

मेरील्याण्ड, अमेरिका / मेरील्याण्ड स्थित हिन्दू बुद्ध मन्दिरद्वारा संचालित नेपाली पाठशालाले नयाँ वर्षको उपलक्षमा जादु प्रदर्शनी गर्ने भएको छ।
नेपाली पाठशालाका संयोजक तरुण पौडेलका अनुसार अप्रिल १६ तारिक आइतवार विहान ११ बजे देखि हिन्दू बुद्ध मन्दिरमा (12231 Harford Rd, Glen Arm, MD 21057) मा जादु प्रदर्शनी शुरु हुने छ।
‘पाठशालाका विद्यार्थीहरुका लागि महिनामा एउटा अतिरिक्त कार्यक्रम राख्छौ त्यसै अन्तर्गत नयाँ वर्षमा जादु प्रदर्शनी राखिएको हो।’ समाज टाइम्स सँग पौडेलले भने।
प्रख्यात जादुगर ‘तिमोथी हल’ सहितको टोलीले जादु प्रदर्शनी गर्ने छन्। विद्यार्थीलाई अतिरिक्त मनोरञ्जनका लागि कार्यक्रम राखेका हौ पौडेलले भने।
उनका अनुसार सरस्वति पूजाको दिन देखि यस पटक शैक्षिक शत्र शुरु भएको हो। ‘हामीले पहिले पनि पाठशाला चलाएका थियौ, बीचमा रोकिएको थियो, सरस्वति पूजा देखि पुन शुरु गर्यौ।’ पौडेलले भने।
नेपाली पाठशालामा अहिले ५३ जना भर्ना भएका छन्। समर र फल्स गरि दुई शत्रमा कक्षा संचालन हुदै आएको छ।
‘हरेक हप्ताको आइतवार मन्दिरमा कक्षा सञ्चालन हुँदै आएको छ।’ पौडेलले भने,’ ६ जना शिक्षक छन् त्यसमा तीन जना स्वयमसेवक छन्।’
उनका अनुसार भाषा कक्षा निशुल्क हो। ‘हामीले शुल्क तोकेका छैनौ,केही कार्यक्रम पर्दा स्वइच्छाले दिइने चन्दा भने हामी लिन्छौ।’ पौडेलले भने।