अमेरिकामा हुने मिथिला महोत्सव : बाल चित्रकला कार्यशाला प्रदर्शनीका लागि प्रशिक्षक छनौट

Meet the Mentors
422

न्यूयोर्क,अमेरिका/‘दिगो विकास लक्ष्यको लागि कला मिथिला सम्पदा’ मुल नारा सहित अमेरिकामा हुने मिथिला महोत्सवका लागि बाल चित्रकला कार्यशाला र प्रदर्शनीका तीन प्रशिक्षक छनौट गरिएको छ । मिथिला सेन्टर र अपन फाउन्डेसन युएसएको आयोजनामा महोत्सव १४ देखि १६ अप्रिल सम्म न्यूयोर्कमा हुदै छ।

छनौट गरिएका प्रशिक्षकमा अमेरिका औरा कोपलैण्ड ,भारतका निरुप नितिन र नेपालका मनीषा शाह रहेका छन् ।

बाल चित्रकलाकार्यशाला,प्रदर्शनीका र अवार्ड कार्यक्रम अप्रिल १६ तारिक न्यूयोर्कको ज्याक्सन हाइट स्थित डाइभर्सिटीप्लाजामा दिउँसो ४ देखि साँझ ७ बजे सम्म सांस्कृतिक कार्यक्रमको साथ हुनेछ।



मिथिला सेंटर अमेरिकाका संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमितप्रताप शाहका अनुसार कार्यक्रममा सहभागि हुन इच्छुक पाँच देखि १४ बर्ष का बालबालिकाहरूले अप्रिल १२ तारीक सम्म नाम दर्ता गाराउन सकनेछन ।

नाम दर्ता गाराउन यहाँ क्लिक गर्न सक्नु हुने छ।

मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शनगर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तरप्रयास स्वरुप कार्यक्रमआयोजना गरिने शाहले बताए



महोत्सवको मुल नारा अन्तर्गत यसपटक संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य ५ (लैंगिक समानता) प्रदर्शन र् सामुदायिक जागरूकता बढाइने भएको छ ।

कार्यक्रममा सहभागी हनचाहने इच्छुक कलाकारहरुलाई मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय मार्च ३१ सम्म ईमेलमा पठाउन अनुरोध गरिएको थियो । त्यसै अनुशार प्राप्तकलामध्येबाट ९ कलाकारका कलाकृति छनौट गरिएको छ ।

प्रथम मिथिला महोत्सव ४ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्नभएको थियो ।

मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमामनाउनेमात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारेसामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

अप्रिलको १४ तारिक बिहान १०:३० देखि १२:३० बजे कार्यक्रमको उद्घाटन र अप्रिल १५ तारिक बेलुका ७ बजे देखि ९ बजे सम चित्रकला को प्रदर्शनी जूम मार्फत भर्चुअल रुपमा गरिने छ ।

अप्रिल१६ तारिकको दिन न्युयोर्कको ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजामा ४ बजे देखि ७ बजे सम्म सांस्कृतिक कार्यक्रमको आयोजनासाथै मिथिला लोक राजा सलहेश जयन्ती समारोह,नव वर्ष तथा जुड़ शीतल चाड र बाल चित्रकला कार्यशाला गोष्ठी,प्रदर्शनी रपुस्कार बितरण कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णनगरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथालेयससंस्कृतिमाविशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता(जानकीको नामले पनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुलेआफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिकोमूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामा को न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौको संख्यामामिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखिअस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कालाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नैनयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम्सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ।

महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वकाविभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागिआयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

Support Nepali Journalism

Author