रवि लामिछानेले चितवन २ मा गरे उम्मेदवारी दर्ता
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।
१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।
रवि मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा त्यही ठाउँबाट निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा दोषी ठहर भएपछि रविको सांसद् पद गुमेको थियो ।














