रवि लामिछानेको गल्तीले अरबौँ रुपैयाँ खर्च भयो : दुर्गा प्रसाईँ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले रवि लामिछानेको गल्तीले अरबौँ रुपैयाँ खर्च भएको तर्क गरेका छन् ।
आइतबार रिपोर्टस क्लबमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा व्यवसायी प्रसाईँले लामिछानेको गल्तीले उपनिर्वाचन गर्नु परेको भन्दै देशको अरबौँ रुपैयाँ खर्च भएको बताए ।
अब मुलुकको अर्थतन्त्रलाई घाटा लगाउने व्यक्तिलाई नभई आफूले समर्थन गरेका व्यक्तिलाई आम नागरिकले भोट हाल्नु पर्ने उनको भनाई छ ।
उनले मिटर व्याज, लघुवित्त पीडितहरूले शम्भु थापालाई सम्झिनुपर्ने भन्दै शम्भु थापाले हार्नु भनेको लघु वित्त सहकारी, मिटर व्याजले हार्ने दाबी गरेका छन् ।
उनले भने, ‘रवि लामिछानेको गल्तीले अर्बौँ रुपैयाँ खर्च भएको छ । साम्यवाद भनेको देशका युवा लाई बाहिर पठाउने रहेनछ र जो बैक पीडित हुनुहुन्छ जो मिटर व्याज पीडित हुनुहुन्छ उहाँहरूले शम्भु थापालाई सम्झे पुग्छ । गरिबको मुक्तिको लडाई हो । सर्वहाराको व्यक्ति र भुईँ मान्छेको लागी शम्भु थापाको उम्मेदवारी हो । शम्भु थापाले हार्नु भनेको लघु वित्त सहकारी, मिटर व्याज ले हार्छन् ।’
अधिकांश नेताहरू मुलुकलाई सिद्ध्याउने रणनीतिमा लागेकोले देशका युवाहरू देश छोडेर बाहिर जान बाध्य भएको उनको भनाई छ ।
देशमा बैङ्कको चर्को ब्याजदरले नागरिकहरू आगो लगाएर आत्म दाह ,आत्महत्या गर्ने जस्तो कार्य धेरै हुन थालेको भन्दै आफूहरू नागरिक बचाउ अभियानमा लागेको प्रसाईँको तर्क छ ।
पहिलो चरणको आन्दोलनमा ७० जना महिला थिए भने दोस्रो चरणको आन्दोलनमा २ लाख महिला खालि खुट्टा काठमाडौँमा आउने उनको चेतावनी छ ।














